यी यस्ता बानीले यौन उत्तेजना हराउछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७५, शनिबार ०५:२२

एजेन्सी । दैनिक जीवनमा जे जति खुसि भए पनि पारिवारिक यौन जीवनमा पनि खुसि हरकोहिले चाहन्छन ।यौन जीवन खुसि राख्न अनेक प्रयत्न पनि गरि रहेका हुन्छन ।

कतिपय गल्तीका कारण आफ्नो यौनपाटर्नरसँग यौनसँग सम्बन्धित उत्तेजना खेर फालिरहेका हुन्छौं र सम्बन्धमा मिठास गुमाइरहेका पनि हुन सक्छौं । यहाँ यस्तै केही बानीका बारेमा चर्चा गरिएको छ । जुन बानीहरु सुखत यौन जिवनका बाधक बनिरहेका हुन्छन् ।

घुर्ने बानी

यदि तपाई आफ्नो ओछ्यानमा एक्लै सुतिरहनुभएको छ भने तपाईलाई जसरी मन लाग्छ उसैगरी सुत्न सक्नुहुन्छ । तर तपाई वेड शेयर गरिरहनुभएको छ वा सँगै यौनपार्टनर वा साथि छ भने धेरै कुरामा ध्यान दिनु जरुरी छ । यदि दुई मध्ये एकजनामा मात्रै पनि घुर्नेको पनि ठूलो असर गरिरहेको हुन्छ ।

व्यक्तिगत सरसफाई हुन त सरसफाईबिनाको मानिस कसलाई पो मन पर्छ र रु व्यक्तिगत सरसफाईमा ध्यान नदिएको तथा श्वास तथा शरीरबाट दुर्गन्ध आइरहने समस्या तपाइमा छ भने यसको निराकरणका लागि लागिहाल्नुहोस्, होइन भने तपाईको यौनजिवन निरर्थक हुन बेर लाग्दैन् ।

जरुरी भन्दा धेरै काम

यदि तपाई कार्यालयमा धेरै समयसम्म काम गरिरहनुहुन्छ भने यसको सोझो असर तपाईंको व्यक्तिगत यौनजिवनमा पनि पर्न जान्छ । कामसँग जोडिएको स्टे«सले तपाईको काम इच्छामा पनि कमी ल्याइदिने गर्दछ । यतिमात्र नभएर पार्टनरलाई पर्याप्त समय दिन नसक्दा पनि समस्या उत्पन्न हुन सक्दछ ।

बढि मात्रामा मदिरा सेवन

पार्टनरसँग कहिले काँही हल्का मदिरा पिउनु असल सम्बन्धका लागि ठीकै भएपनि तपाई हरेक रातजसो पिउनुहुन्छ भने त्यो यौन जिवनको बाधक बन्न पुग्दछ । धेरै मदिरा पिउनाले तपाईको स्वास्थ्यमा त गलत असर पर्छ नै तपाईंको यौन जिवनमा पनि धेरै समस्या ल्याइदिन्छ । ९नवभारत टाइम्सबाट०

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१