असिना पानीले शिवपुरी, पञ्चकन्या र सूर्यगढी गाउँपालिकामा ठुलो क्षति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७५, शनिबार ०४:५६

नुवाकोट । बिहीबार साँझ परेको असिना पानीले शिवपुरी, पञ्चकन्या र सूर्यगढी गाउँपालिकामा असर पुऱ्याएको छ ।

ठूल्ठूला असिनाले सयौं रोपनी जग्गामा लगाएका मकै, पछौटे गहुँबाली र तरकारी खेती क्षति पुऱ्याएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

साँझ करिब ६ बजेतिर भीषण वर्षासहितको असिनाले स्थानीयले लगाएको गहुँ र तरकारी बालीमा क्षति पुगेको छ ।

पञ्चकन्या गाउँपालिकाका घलेगाउँ, कातिके, मानेथोक, भद्रुटार र शिवपुरी गाउँपालिकाका छाप, तलाखु, समुन्द्रदेवी, महाकाली, सिक्रेमा असिना पानीले क्षति पुऱ्याएको छ भने सूर्यगढी गाउँपालिकाका गणेशस्थानका केही भागमा असिना परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१