‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७५, शुक्रबार ०४:५५

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)  ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत् आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो ।

अनुगमन गर्दा त्रिविको रेकर्डमा क्याम्पसको नाम, सञ्चालन गर्ने ठाउँ र सञ्चालक फेला नपरेका तथा कतिपय किनबेच भइरहेको फेला परेपछि खारेज प्रक्रिया अघि बढाइएको त्रिवि पदाधिकारीले जनाएका छन् ।

कतिपय क्याम्पसले त्रिविबाट सम्बन्धन तथा सञ्चालन अनुमति लिएका विषय तथा कार्यक्रम नपढाई रद्द गराएका विषय पढाइरहेका समेत भेटिएको छ ।त्यसैगरी सम्बन्धन मात्र लिएका केही क्याम्पसको भने कार्यालय, साइनबोर्ड र सञ्चालकसमेत फेला परेका छैनन् ।

त्रिविको सम्बन्धनप्राप्त २ सय ८७ क्याम्पसमध्ये १ सय २० वटाको अनुगमन प्रतिवेदन प्राप्त भएको छ । त्रिविको तथ्यांकमा देशभर ६० आंगिक र सम्बन्धनसहित १ हजार ८५ क्याम्पस छन् । तर, परीक्षा नियन्त्रण कार्यालयको रेकर्डमा १ हजार १ सय ८५ क्याम्पसले हरेक वर्ष परीक्षा दिलाउने गरेको देखिन्छ । त्रिवि पदाधिकारी भने यो तथ्यांक स्विकार्न तयार छैनन् ।

उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गत कक्षा ११ र १२ को पठनपाठन सुरु भइसक्दा पनि त्रिविले २०६५ सालसम्म प्रवीणता प्रमाणपत्र तह सुचारु राखेको थियो । त्रिविबाट सम्बन्धनप्राप्त सामुदायिक र निजी क्याम्पसले प्रमाणपत्र तह सञ्चालन अनुमति लिएका थिए भने उच्चमाविसमेत एकै ठाउँ सञ्चालन गरेका थिए । शिक्षा ऐन आठौं संशोधनले कक्षा १२ सम्म विद्यालय तह कायम गरे पनि निजी क्याम्पसले एउटै संरचनामा ‘प्लस टु’ सुचारु राखेको अनुगमन निर्देशनालयले फेला पारेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१