फर्सी खानुको फाइदै फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७५, शुक्रबार ०४:१६

एजेन्सी । फर्सी तरकारीको एक प्रकार जुन लहरामा फल्छ। प्रायः सबै ठाउँमा उत्पादन हुन्छ। फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ ।फर्सीमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ शरीरको लागि आवश्यक पोषकतत्व फर्सीमा पाइन्छ।फर्सी को तरकारी सेवन गर्दा पाइने यी फाइदाहरु –

कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जस्ता रोगलाई कम गर्न सहयोग पुर्याउछ ।

कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।

पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

फर्सीको बियाले शरीरमा भएको पत्थरी निकाल्छ ।

फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ ।

निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ ।

रुखो कपाललाई नरम बनाउँछ ।

फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१