हैदरावादले किंग्स इलेभन पञ्जाबलाई १३३ रनको विजय लक्ष्य दिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७५, शुक्रबार ०३:५४

हैदरावाद। इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलेभन पञ्जाबलाई १३३ रनको विजय लक्ष्य दिएको छ।

घरेलु मैदान राजिव गान्धी इन्टरनेशनल स्डेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो। हैदरावादका लागि मनीष पाण्डेले सर्वाधिक ५४ रन बनाए। ५१ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। घरेलु मैदानमा सुरुदेखि नै कमजोर प्रदर्शन गरेको हैदरावाद पञ्जाबका बलरसामु निरिह बन्यो।

शकिब अल हसनले २९ बलमा ४ चौकासहित २८ रन जोड्दा युसुफ पठान २१ रनमा अविजित रहे। आश गरिएका व्याट्सम्यान शिखर धवनले ११ रन मात्रै बनाउन सके।

बलिङतर्फ पञ्जाबका अंकित राजपूत एक्लैले सर्वाधिक ५ विकेट लिए। जुजिबर रहमानले १ विकेट लिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१