नेपालको हिमालय क्षेत्रमा पाइने येति को सत्यता के हो त ? अमेरिकी अनुसन्धानको दाबी : रहस्यमय जिव ‘यति’ होइन ‘योगी’ (हिमालयन मानवको तथ्य) !!!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७५, बिहीबार ०४:२५

हाम्रो हिमालय क्षेत्रमा पाइने विश्वास गरिँदै आएको रहस्यमय जिव यतिलाई कसैले हिम मानवपनि भन्छन् । यो जिव हिमालय क्षेत्रमा पाइने विश्वास गरिँदै आएपनि आजसम्म यो कस्तो हुन्छ भन्ने सप्रमाण यकिन गर्न कसैले सकेको थिएन ।

अमेरिकी टेलीभिजनकालागि अनुसन्धान गरिएको रिपोर्टले यो जिव यति नभएर योगी भएको दाबी गरेको छ । डि एन ए को अनुसन्धानबाट हिम मानव भन्ने विश्वाश गरिँदै आएको जिव हिम मानव नभएको दाबी गरिएको छ । पश्चिमा देशमा यति लाई आबोमिनेबल स्नोमेन अर्थात् घिनलाग्दो, हेर्दा नराम्रो देखिने हिममानव भन्ने गर्छन् ।

प्रोसेडिङ अफ त रोयल सोसाईटी बी मा प्रकाशित रिपोर्ट अनुसार अमेरिकाको बफेल्लो विश्व बिध्यालयका जिवशास्त्रका बैज्ञानिक लिङभिस्टको समूहले सन् २०१६ मा नेपालको हिमाली क्षेत्र गएर यतिबारे अनुसन्धान गरेको थियो । टोलीले यतिसित संवन्धित भनेर पत्याइँदै आएको वा हल्ला चलेको नौ वटा नमूनाको डिएनए परिक्षण गरेका थिए ।

नमूनाहरुमा हड्डीको अवशेष, दाँत, कपालका रौं, छाला र दिसा जम्मा गरिएको थियो । ति नमूनाहरु नेपाल र तिब्बतको हिमाली क्षेत्रबाट बिभिन्न समयमा जम्मा गरिएको थियो ।

जिवजन्तु सम्बन्धि कार्यक्रम दिने अमेरिकाको एनिमल च्यानल टिभीका लागि यस्तो अनुसन्धान गरिएको हो । प्राप्त नमूनाहरु हाल संग्रहालयमा राखिएको उल्लेख छ ।

लिङभिस्टको समूहले प्राप्त नमूनाको स्रोत वा केसित संवन्धित छ भनेर अनुसन्धान गर्न थाल्यो । ति नौ वटा नमूना मध्ये एउटा कुकुरको हो भन्ने देखियो । अरु नमूना चाहिँ भालुका तिन प्रजाति, एशियाली कालो भालु, हिमाली खैरो भालु र तिब्बती खैरो भालुको हो भन्ने साबित भयो ।

लिङभिस्टका अनुसार यतिका बारेमा जे जे रहस्य, शारिरिक बनावट र आक्रितिको चर्चा सुनिन्छ ति भालुमा पाइन्छन् । वंशाणुगत अनुसन्धानले त्यस्ता रहस्यहरु पत्ता लगाउन सकिन्छ ।

उनीहरुले यतिका लागि नमूना अनुसन्धान गर्नुका साथै अन्य २३ वटा नमूनापनि अनुसन्धान गरे । ति मध्ये भालुका अन्य प्रजातिकोपनि थियो । तिब्बती खैरो भालु अमेरिकामा पाइने नर्थ अमेरिकन बेयर ९भालु० सित निकट देखियो ।

यहाँ राखिएको तस्विर यतीको होइन । र कुनै भालुको प्रजातिकोपनि होइन । डिएन ए बाट पहिचान भएका भालु र कुकुरको मिश्रित रुप देखाउन खोजिएको हो । रिपोर्ट सार्वजनिक गर्नेहरुलेनै यो तस्विर बास्तविक नभएको बताएका छन् । नेपाल प्लस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०