घुस लिने वाणिज्य बैंकका प्रबन्धक रङ्गेहात पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७५, मंगलवार ०६:३५

महोत्तरी । सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्।

सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई रु ५० हजार सहित रङ्गेहात पक्राउ गरेको हो।

बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा रु १० लाख ऋण उपलब्ध गराएबापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन्।

रु १० लाखको पाँच प्रतिशतका दरले रु ५० हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताए।

उनका अनुसार काफ्लेलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१