प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० बैशाख २०७५, सोमबार ०३:४२

ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो ।

लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे । प्रहरीका अनुसार एउटा बम आक्रमणकारीले विस्फोट गराएको र घर नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ ।

उक्त शंकास्पद वस्तु डिस्पोज गर्न यतिबेला सेनाको टोली घटना स्थलमा पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । कस्तो बम विस्फोट गराइएको भन्ने खुलेको छैन । बम विस्फोटबाट कम्पाउण्ड र झ्यालको सिसामा क्षति पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०