हिन्दु धर्म कायम गर्नतर्फ नेपाली कांग्रेसले सोच्नुपर्यो !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०७५, आईतवार १७:०२

८० प्रतिशत नेपालीहरु हिन्दु धर्ममा आस्था राख्ने हुनाले नेपाल हिन्दु धर्म कायम गर्नतर्फ नेपाली कांग्रेसले सोच्नुपर्ने ने ब बि सङ का केन्दृय सदस्य द्वय मनिस जङ थापा र बिजेन्द्र बिक्रम राणा ले बताएका छन्।‘खुमबहादुर दाईको पनि चाहना त्यही थियो, हिन्दु राज्य कायम गरेपछि मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ।।ज्ञ( मन्दिरमा पेशाब फेरियो हिन्दू जागेनन्।
– धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो हिन्दूहरू जागेनन्।
– गाई काटिन थालियो हिन्दू जागेनन्।
– हिन्दू देवी देउताको मठ मन्दिर भत्काइयो हिन्दू जागेनन्।
– धर्म परिवर्तन गराइयो हिन्दू जागेनन्।
– हिन्दू धर्म संस्कृति र परम्परा कुल्चिंदै विदा रोकियो हिन्दू जागेनन्।
– पशुपतिनाथ मन्दिरमा आएका हिन्दू नागाबाबामाथि लाती र मुक्काले हानियो, कुटियो, लखेटियो हिन्दू जागेनन्।
– नरहरिनाथले लात खाए,नारायण पोख्रेलले गोलि खाए हिन्दू जागेनन्।
-पूरा सिन्ध गयो,बलुचिस्तान गयो,काश्मीर गयो,तिब्बत गयो,गोवा(आसाम गयो,श्रीलंका र बर्मा गयो,बंगलादेश नै गयो हिन्दू जागेनन्।
– सुमात्रा,जावा,कम्वोडिया गयो हिन्दू जागेनन्।
– एक अर्व हिन्दू घटेर चानचुन २१ करोड भए अझै पनि जागेनन्।
– ३५०० वर्ष देखि चोट खाएको खायै छन्,,,तर हिन्दू जागेनन्।
– जनै र टुप्पी काटिएर ७४ वटा गाडा भरिए तर हिन्दू जागेनन्।
-महावीर, गौतम वुद्ध,गोविन्दसिंह,पृथ्वीराज,महाराणा प्रताप,बडामहाराजा पृथ्वी,महागुरू फाल्गुनन्द आदि महावीर राजाहरू र सन्त आए ,कोट्याए,झेली डमरू बजाए,तोप पड्काए तर हिन्दू अहँ जागेनन्।

होइन यो निद हो कि नशा ?

यो कलियुग हो ,यस्तै हो भन्ने विचार नै यो महानशा हो जसले हिन्दूहरूलाई शिर उठाउनै दिएन।भगवान् श्रीकृष्ण पछि कसैले हिन्दूहरूलाई उठाउनै सकेन ।।।।५१०० वर्ष भए।अब चुपचाप नबस्ने ।। नेपालमा निकै चर्चा र विवादमा छ युरोपियन युनियन । निर्वाचन क्षेत्र पुनरावलोकनदेखि खस आर्यको आरक्षण कटौतीसम्म र हिन्दूधर्म मास्नेदेखि गाईलाई राष्ट्रिय जनावरबाट हटाउने तथा वैधानिक रुपमै काटेर खान पाउनुपर्ने मिसनमा संलग्न भएका कारण इयु विवादित बनेको हो । वास्तमै भन्ने हो भने नेपालमा वैदेशिक हस्तक्षेप राणाकाल देखिनै कायम छ । यो हस्तक्षेप धार्मिक तथा सांस्कृतिक रुपमा इयु जस्ता संस्थाले वैदेशिक सहयोगको नाममा जबरजस्त रुपमा अघि बढाइरहेका छन् । नेपालमा द्वन्द्व मच्चाउने उनीहरूको प्रयत्न रहेको छ । तर, सफल हुन सकेको छैन् । यता सहयोग रोकिन्छ की भनेर नेपाल सरकार यस्ता संस्थाका अगाडि लाचार बनिरहेको छ ।
नेपालबाट हिन्दूराष्ट्र फालेर धर्मनिरपेक्ष राष्ट्र बनाउन सफल भएको इयुले मनलाग्दी गतिविधी गर्दै हिँडिरहेको छ । त्यसो त संविधान लेखन, धर्म निरपेक्षता, संघीयता, पहिचान लगायत विषयको उठान पश्चिममा मुलुककै प्रयासमा भएको कुरालाई विभिन्न तथ्यले पुष्टि गरिसकेको छ । वर्तमान परिपेक्ष्यमा इयुले नेपाली नेपालीमा विभाजन ल्याउन गाई कार्ड खेलेको छ । राष्ट्रिय जनावर गाईलाई हटाउने र निर्वाध रुपमा काटेर खान पाउनुपर्ने एजेण्डा जबरजस्त लाद्न खोजिरहेको छ, इयु । सुरुमा प्रदेश नम्बर ३ का जनजाति ९तामाङ समुदाय०लाई उचालेको इयुले प्रदेशसभाकी उपसभामुख राधिका तामाङसम्मलाई प्रयोग गर्न सफल भयो । यद्यपि यो मुद्दामा इयुलाई सफलता भने मिलेन । उपसभामुख तामाङसहित जनजातिहरूले गाई काट्न पाउनुपर्ने कानूनको माग नै गरे गृहमन्त्री भेटे । प्रदेश ३ बाट खासै उपलब्धि नभएपछि इयुले आफ्ना केही नेपाली एजेण्ट तराई पठाएको छ ।

जय नेपाल
मनिश जङ थापा
ने बि केन्द्रीय सदस्य

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१