नोजाका अध्यक्ष ढुंगानालाई हिसानले गर्यो सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०७५, आईतवार ०४:५८

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगाना उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) काठमाडौं जिल्ला कार्यसमितिको नया बर्षको सुभकामना आदान-प्रदान तथा शैक्षिक अन्तर्क्रियाको अबसरमा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवाल र कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ  द्वारा सम्मानित भएका छन् ।

उनलाई पत्रकारिता मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई बिशेष सम्मान गरिएको हिसान काठमाडौंका सचिब भवानी प्रसाद पौडेलले  जानकारी दिएका छन् । ढुंगाना राष्ट्रिय खवर डटकमका प्रधानसम्पादक समेत हुन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१