ताइवानलाई कडा चेतावनी दिँदै चीनद्वारा सैन्य शक्ति प्रदर्शन, सैन्यबल प्रदर्शन गर्दै धम्की दियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०७५, आईतवार ०४:०५

एजेन्सी । चिनियाँ सुरक्षाबलले बुधबार ताइवानलाई लक्षित गर्दै सैन्य हवाइ अभ्यास सुरु गरेको ताइवानको स्थानीय संचारले खबर गरेको छ । संवेदनशील क्षेत्र मानिने दक्षिणपूर्वतर्फ नै चीनले सैन्य प्रदर्शन गरेपछि ताइवानले घटनाप्रति आपत्ति जनाइरहेको बताइएको छ । चिनियाँ राष्ट्रिय संचारले भने उक्त सैन्य अभ्यास ताइवानको कानूनी स्वतन्त्रता पाउने प्रयासको विरोधमा सुरु गरिएको जनाएको छ ।

राष्ट्रपति साइ इङ वेन स्वाजील्यान्ड भ्रमणमा गएकै समय चीनले ताइवानबाट केबल १७० किलोमिटरको दुरीमा सैन्यबल प्रदर्शन गर्दै धम्की दिइरहेपछि रक्षा मन्त्रालयका प्रवक्ताले बुधबार आक्रोश जनाएका हुन् । चीनले भने उक्त सैन्य प्रदर्शन पछिल्लो हप्ता ताइवानको सैन्य अभ्यासको प्रतिउत्तरमा गरिएको भन्दै १६ घण्टासम्म जारी राख्ने बताएको छ ।

ताइवानका जनतामा प्रभाव पार्न चीनले बारम्बार यस्तो प्रयास गर्ने गरेको ताइवानका प्रमुख कानून निर्माताको भनाइ छ । चीनबाट सैन्य खतरा भन्दा पनि जनतामाथिको प्रभाव हावी हुन सक्ने उनले बताए । चीनले लामो समयदेखि नै ताइवानलाई चीनभित्रै पर्ने अर्को क्षेत्र रहेको दाबी गर्दै आएको छ । १९४० को चिनियाँ युद्धपछि दुवै देशमा छुट्टा छुट्टै शाषन रहँदै आएपनि चीनले ताइवानलाई कानूनी रुपमा स्वतन्त्रता दिलाउनेबारे लगातार विरोध जनाउने गरेको छ । ताइवानका ८० प्रतिशत जनता पनि चीनसँग एक हुने योजना विरुद्ध रहेको सर्वेक्षणले देखाएको बताइन्छ । तरपनि ताइवानले भने चीनको धम्कीेसँग कहिल्यै नडराउने भन्दै स्वतन्त्रताको प्रक्रिया अघि बढाइरहने अडान लिएको छ ।

ताइवानकी राष्ट्रपति साइ इङ वेनले पनि दुवै देशलाई एउटै राष्ट्र मान्ने बेइजिङको योजना विरुद्ध कडा प्रतिक्रिया दिँदै आएकी छन् । त्यसकारण उनले २०१६ मा सत्ता सम्हालेदेखि नै ताइवान र चीनबीच कुनैपनि औपचारिक वार्ता नभएको बताइन्छ । उनकै सरकारमा थुप्रै वरिष्ठ अधिकारीहरुले पनि कानूनी स्वतन्त्रतालाई समर्थन गर्दै आएकाले चीनले पछिल्ला दिनहरुमा ताइवानी सरकारको हरेक कदमप्रति कडा नजर राख्ने गरेकोे बताइएको छ । साइको कार्यकाल सुरु भएदखि नै चीनले ताइवानमा विमानवाहक पठाउनुका साथै ताइवान सीमा क्षेत्र वरिपरि लडाकू विमान समेत उडाएको अधिकारीहरुको भनाइ छ । त्यसैगरी चीनले ताइवानलाई संयुक्त राष्ट्रसँग सहकारिता जनाउनमा पनि रोक लगाउँदै आएको छ । यसअघि २०१६ मा पनि चीनले ताइवान सीमाकै नजिक सैन्य अभ्यास गरेको थियो । १२ खरी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१