दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७५, शनिबार ०५:०५

काठमाडौँ । दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरेको छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्ने निर्णय सुनाएको हो। अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको छ।

बिहिबार प्रहरीले मनाङेलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो। एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका मनाङेमाथि सर्वोच्च अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि फरार थिए।

सर्वोच्च अदालतका तत्कालिन न्यायाधीशद्वय दीपक राज जोशी र पुरुषोत्तम भण्डारीको इजलासले कर्तव्य ज्यान मुद्दामा २०६९ साल साउन २८ गते पाटन पुनरावेदन अदालतले दोषी ठहर गर्दै सुनाएको ५ वर्ष कैद सजायलाई सदर गरेपछि मनाङे फरार थिए।

२०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो। सोही मुद्दामा घटनामा संलग्न अन्य अभियुक्तहरू रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो।

कर्तव्य ज्यान मुद्दामा पाटन पुनरावेदन अदालतबाट रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाले सफाइ पाएपछि सरकारले २०७० जेठमा सर्वोच्च अदालतमा पुनरावलोकन माग गर्दै निवेदन दर्ता गरेको थियो।

२०७० साल जेठ १० गते दर्ता भएको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले पुनरावेदन अदालत, पाटनकै फैसला सदर गरेको थियो।

उनको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली खटिएको थियो।

यसअघि जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन्।

जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेलाई सजाय कम भएको दाबी गर्दै समूहविरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१