यी हुन श्रीमतीलाई डिभोर्स दिएर आफ्नै छोरीसँग विहे गर्ने व्यक्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७५, शनिबार ०४:२१

एजेन्सी  । एउटा बाबुका लागि आफूले जन्म दिएको सन्तान प्राण भन्दा प्यारो हुन्छ । छोरीका लागि आफ्नो बाबु अभिभावक मात्र नभई भगवान सरह हुन्छन् । यस्तै बाबुका लागि छोरी घरकी लक्ष्मी जस्तै मानिन्छ ।

नेपाली समाजमा बाबु–छोरीको सम्बन्ध पवित्र मानिन्छ । तर, अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ, जुन सुन्दा पनि सबैको होश हवास उठ्छ ।अमेरिकाका एक बाबुले घरकी श्रीमतीलाई डिभोर्स दिएर आफ्नै छोरीलाई विहे गरेका छन् । अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफोर्ड टाउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई तब डिभोर्स दिए जब उनकी १९ वर्षे छोरी ९केटी नाम गरेकी० गर्भवती थिइन् । श्रीमती हुुँदाहुँदै छोरीसँग अवैध सम्बन्ध राखेका स्टिवनले गर्भवती भएपछि श्रीमतीलाई डिभोर्स दिए र छोरी केटीसँग विहे गरी वैधानिक रुपमै श्रीमती बनाए ।

श्रीमती नहुुँदा उनी छोरीलाई श्रीमतीकै रुपमा हेर्थे र सम्बन्ध राख्दै आएका थिए ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहेपछि छोरी अर्थात नयाँ श्रीमती केटीले बच्चा जन्माएकी छन् । बच्चा जन्माएको ७ महिनासम्म सम्बन्ध ठिकै चल्दै थियो । तर, फेरि अर्को समस्या देखियो । छोरी अर्थात नयाँ श्रीमती केटीले उनलाई छोडेर अर्कै पुरुषसँग हिंडिन् ।

आफूूलाई छाडेपछि तनावमा परेका स्टिवनले केटी, बच्चा र शरण दिने पुरुषको घरमा घुुसेर गोली हानी हत्या गरे । त्यसपछि आफैलाई गोली हानेर आत्महत्या गरे ।प्रहरीले केटी र पुुरुषको शव पिकअप ट्रकमा फेला पारी बरामद गरेको छ भने बच्चाको शव घरभित्र भेटाएको छ ।

प्रहरी अनुसन्धानमा स्टिवन र केटी अवैध सम्बन्ध राखेको आरोपमा यसअघि पनि पक्राउ परिसकेका थिए । केटीकी आमाको उजुरीका आधारमा उनीहरु पक्राउ परेका थिए । तर, दुबैको मन मिलेपछि कस्को के लाग्थ्यो र प्रहरीले छोडिदियो । त्यसपछि स्टिवनले श्रीमतीलाई डिभोर्स दिएर छोरीसँग औपचारिक सम्बन्ध गाँसेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१