नियमित सेक्सले मानिसलाई यी रोगबाट बचाउँछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७५, शनिबार ०३:५१

करुणा कुँवर । यौन ऊर्जा प्राकृतिक रूपमा शक्तिशाली हुन्छ । जसरी सूर्य, पानी, हावा वा हाम्रो आफ्नै हाँसोसँग अथाह शक्ति हुन्छ त्यसरी नै स्वस्थ यौन जीवनले जीवन सकारात्मक वा नकारात्मक कस्तो हुने हो, तय गर्छ । दम्पतीबीचको रोचक सम्बन्ध ओछ्यानमा भेटिने एउटा सुप्राप्य र सुगम सुख हो । हामी सबैले त्यसलाई सुन्दर बनाउनेतिर लाग्नुपर्छ ।

मनोविज्ञानले भन्छ, सचेत सकारात्मक अभिव्यक्तिले मनोबल, शारीरिक स्वास्थ्य एवं भावनात्मक सम्बन्धलाई बढावा दिन्छ । दम्पतीले आपसमा कुराकानी गर्ने, भावना साटासाट गर्ने, एक–अर्कालाई बुझ्न प्रयास गर्ने, केही काल्पनिक पनि हुँदै जाने र अन्तिम अवस्थामा चरम रमाइलोमा डुब्ने हो भने यौनको सन्तुष्टि र त्यसले शरीरलाई दिने लाभको कुनै सीमा छैन ।

सन् १९९७ मा प्रकाशित ब्रिटिश जर्नलका अनुसार उत्साही, सकारात्मक र मनोरञ्जक यौनसम्बन्धले मृत्यदर आधाले घट्नुका साथै मानिसहरूको सुँघ्न सक्ने क्षमतासमेत वृद्धि हुन्छ । ह्दयाघात आधाले घट्छ, तौल घट्छ, डिप्रेसन घट्छ, पीडाबाट मुक्त हुन सकिन्छ, चिसो तथा रुघाले सताउन पाउँदैन, प्रोस्टेट बढ्न दिँदैन, दाँत चम्किलो हुन्छ र पिसाबको प्रवाह सहज हुन्छ भन्ने पनि अध्ययनहरूले देखाएका छन ।

यौन स्वास्थ्यविद् युभोनी के पी एच डीका अनुसार यौनमा सक्रिय व्यक्तिहरूले बिरामी बिदा कम लिन्छन् । पेनसेल्भेनियाको विल्किस युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार हप्तामा एकदेखि दुई पटकसम्म यौन सम्पर्क गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भै रोग सँग लड्ने क्षमता सक्रिय हुन्छ ।

बाह्य सम्बन्ध कायम गरेर दाम्पत्य जीवनभित्र सन्तुष्टिको खोजी गर्नु जुवा खेल्नु समान हो । यसमा कुन उत्तम विकल्प हो भनेर सोच्नुपर्छ र त्यसभित्र सम्भावना र सन्तुष्टिको खोजी गरिनुपर्छ । धेरैले दाम्पत्य जीवनभित्रको यौन सम्बन्धलाई राम्रो मानेर यस्तो सम्बन्धलाई रोचक र रमाइलो बनाउने गरेका छन ।

ओछ्यानको तनाव अर्थात् ट्रबल इन द बेड आधुनिक विश्वका कामकाजी मानिसहरूको प्रमुख समस्या बन्दै गएको छ । झगडा बढ्दै गएपछि सम्बन्ध बिग्रने र अर्को स्थायी वा अस्थायी सम्बन्ध विकास गर्नेतिर लाग्नेहरू पनि उत्तिकै हुन्छन्, तर त्यसले अझ नैराश्यता ल्याएर पुरानै अवस्थामा फर्कनेहरूसमेत छन् ।

त्यसैले यौन सम्बन्धलाई स्वस्थ बनाउन आफैंभित्रका कमजोरी पहिचान गर्ने र आफैंभित्रका सम्भावनाहरूको खोजी गर्नेतिर लाग्नु श्रेयष्कर हुन्छ ।

यौन स्वस्थताका लागि यौनकै विषयमा कुराकानी तथा यौन मनोविज्ञानका सीपका बारेमा कुरा गर्नु पनि उत्तिकै आवश्यक छ । यौन सबैको अनिवार्य आवश्यकता हो र यो आवश्यकतालाई किन स्वस्थ राख्नुपर्छ भन्ने विषयमा पनि खुलेर चर्चा गर्नुपर्छ । हरेक जोडीमा यौनसम्बन्ध राख्दा अपनाइने विधिहरू फरक–फरक हुन सक्छन् ।

हरेक व्यक्तिको यौन इच्छा फरक–फरक हुन्छ । स्वस्थ यौन सम्बन्ध भन्नाले दुवै जोडीले यौन क्रियाकलापका क्रममा आनन्द महसुस गरेको हुनुपर्छ । कुनै एक जनाले आफूलाई यौन क्रियाकलापका लागि दबाब दिएको महसुस गर्नु हुँदैन ।

दुई जनामा एक जनाले आफूलाई इच्छा नहुँदा इच्छा नभएको कुरा व्यक्त गर्ने अधिकार दिने मात्र होइन, त्यस्तो भावनाको सम्मानसमेत गरिनुपर्छ । यौनसम्पर्कपछि एक–अर्काप्रति सम्मान व्यक्त गर्नुपर्छ र सम्मान गिरेको महसुस हुनु हुँदैन ।

यौन इच्छा तथा यौन क्रयाकलापका बारेमा खुलेर एक–अर्कासँग कुराकानी गर्नुपर्छ । त्यसबाहेक हरेक यौनसम्पर्क हुनुअघि एक–अर्काको शरीर एवं भावनालाई महसुस गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०