हड्ताल गरेर कारबाहीमा पर्ने ट्यांकरलाई आइन्दा कहिल्यै काममा नफर्काइने : निगम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७५, शुक्रबार ०५:०८

काठमाडौं । इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा पर्ने ट्यांकर व्यवसायीलाई आइन्दा कहिल्यै काममा नफर्किने गरी कारबाही गरिने निमगले जनाएको छ।

व्यवसायीले राज्यको सेवासुविधा लिएर इन्धन ढुवानी गर्ने सम्झौता गरेकाले अत्यावश्यक ठानिएको इन्धन आपूर्तिमा हड्ताल गरे चुप लागेर नबस्ने निगमले चेतावनी दिएको हो।

पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले समेत यातायात व्यवसायीको आन्दोलनमा आफूहरुको संलग्नता रहने बताउँदै आएको छ।

हाल देशभर १८ सय ट्यांकरले इन्धन ढुवानी गर्दै आएका छन्। यी सबै ट्यांकर व्यवसायीका भएपनि सरकारले ढुवानीबापतको भाडा तथा सुरक्षा दिँदै आएको छ। भाडा बापत काठमाडौंसम्म इन्धन ढुवानी गर्दा सरकारले ट्यांकरलाई दुरी हेरेर प्रतिलिटर १ रुपैयाँ ५० पैसादेखि २ रुपैयाँ २० पैसासम्म दिँदै आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१