संचालक समितिको कारण हिमालयन बैंकका १७ हजार लगानीकर्ता मारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७५, बिहीबार ०५:११

काठमाडौं । विभिन्न कारणले गर्दा विभादित भएको हिमालय बैंकका संचालक समिति र व्यवस्थापन पक्षले लगानीकर्ताहरुलाई मारमा पारेको खुलासा भएकोछ ।

पुसको अन्तिम सातामा समापन भएको २५ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७३/७४ को आर्जित मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
संचालक समितिले पाश गरेको बोनश तीन महिना वितिसक्दा पनि नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छैन । स्वीकृती नआएपछि बैंकको चुक्ता पूजीको वृद्धिको मात्रा मात्र रोकिएको छैन यसले शेयरधनीले समेत भनेको समयमा लाभांश पाएको छैन ।

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकको शेयर वितरणलाई स्वीकृती नदिनुको मूख्य कारण भनेको हिमालयन बैंकको संचालक समिती र व्यवस्थापनको अनियमीतता हो रहेको स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकको एक उच अधिकारीका अनुसार हामीले उहाँहरुलाई संस्थापक समूहतर्फबाट निर्वाचित संचालक समितीको अध्यक्ष बन्न पाउने कानुनी व्यवस्था गरेर आउन भनेको थियौं  तर यसलाई उहाँहरुले अवहेलना गरीरहेको छ । ती अधिकारीका अनुसार हिमालयन बंैकका संचालक समिती र व्यवस्थापन पक्ष शेयरधनीहरुको विषयमा खासै गम्भीर नरहेको समेत जानकरी गराए ।
हिमालयन बैंकले चलाखी गरी संस्थापन समूहबाट संचालक हुनेमात्र अध्यक्ष बन्न पाउने प्रावधान राखेको थियो भने हिमालयन बैंकले विदेशि साँझेदरहरुको शर्त लगाएतका कारण देखाउदै कानुन कार्यान्वयन गर्न नमानेको देखिएको जानकारी प्राप्त भएको छ ।
बंैकको संस्थापक शेयरधनीहरुले एकलौटी सधै राज गरीरहेको र राष्ट्रबैंको आदेशको समेत अवहेलना गरेको जानकरी गराए । अध्यक्षमा संस्थापकको एकलौटी अधिकार नयाँ कानुनले खारेज गरीसक्दा पनि हिमालयन बैंकलेएकाधिकार जमाएकै कारणले १७ हजार लगानीकर्ताहरु मारमा परेकोछ । कम्पनी सचिव विपीन हाडाले पनि साधारणसभाबाट पारित भएको लाभांश केन्द्रिय बैंकले स्वीकृत नगरेको स्वीकार गरे । पहिले त यस्तो कहिल्यै भएको थिएन तर अहिले के भयो मलाई पनि थाहा भएन । यस विषमा जानकरी लिन खोजदा
कम्पनीका कार्यकारी प्रमुख अधिकृत समेत बेमुख रहे भने संचालक समिती मौन रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१