अवैध नेटवकिङ व्यवसाय चलाउने सीआईबीको फन्दामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७५, बिहीबार ०४:३६

काठमाडौं  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आई बोस ग्लोबल मार्केटिङको नामबाट अवैध नेटवकिङ व्यवसाय चलाउने कार्यमा संलग्न ६६ जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार सीआईबीले पत्रकार सम्मेलन गरेर चुच्चेपाटीस्थित कार्यालयबाट ६६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
६६ जनामध्येबाट ५९ जनालाई छाडिएपनि ७ जना माथि भने ठगी गरेको कसुरमा कारबाही पक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ ।
काभ्रेका राजकुमार दंगाल, दोलखाका नारायण सिवाकोटी, सोलुखुम्बुका प्रदीप राई, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठमाथि कारबाही प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१