हुण्डी कारोबारमा संलग्न अभियुक्तलाई कारागार चलान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७५, बिहीबार ०४:२२

वीरगञ्ज । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको अरोपमा पक्राउ परेका दुई जना अभियुक्तलाई कारागार चलान गरेको छ ।

भारत, बिहार, मोतिहारी, रक्सौल नगरपंचायत(२५ कोईरिया टोला घर भई वीरगञ्ज बस्दै आएका ३५ वर्षीय रितेशकुमार गुप्ता, पर्साको वीरगञ्ज हानगरपालिका(५ बस्ने ३० वर्षीय बिनित अग्रवाललाई पूर्पक्षको लागि कारागार चलान गरिएको हो ।

अवैध हुण्डीको कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले गत माघ २८ गते गाडीका पार्टपुर्जा तथा सर(समानहरु, लुब्रिकेन्ट तेलहरु तथा ग्रिजको कारोबार गर्ने भनी वीरगञ्ज महानगरपालिका वडा नं १५ मा सञ्चालित न्यु दक्षिणकाली अटोमोबाईल्स प्रा.लि.मा छापामारी गरेको थियो । सो क्रममा प्रहरीले ५६ लाख रुपैयाँ नगद दुई बोरा कागजपत्रहरु, मोबाइल ६ थानसहित कारोबारमा संलग्न न्यू दक्षिणकाली प्रा।लि।का सञ्चालक भारतीय नागरिक संचालन गर्ने रितेशकुमार गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नं २५ का २७ बषिर्य मनोज पटेल , वीरगञ्ज ५ बस्ने ३० बषिर्य बिनित अग्रवाल र सोही वडामा बस्ने ४५ वर्षीय राजेश रौनियारलाई पक्राउ गरेको थियो ।

उनीहरु विरुद्ध बैकिङ कसुर तथा बितिय कारोबार ऐन अन्र्तगत मुद्दा दर्ता गरिएको थियो । अदालतले मनोज पटेल र राजेश रौनियारलाई भने साधारण तारेखमा छोड्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१