१०औं राष्ट्रपति रनिङ शिल्ड सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०७५, बुधबार ०५:०६

विराटनगर । १०औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता मंगलबारबाट विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित सहिद रंगशालामा सुरु भएको जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा ५० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको छ ।

त्यस्तै तेक्वान्दोको महिलातर्फ ४२ केजी मुनि बालजगत स्कुलकी इन्दिरा थापा प्रथम, आदर्श बोर्डिङ स्कुलकी रक्षा लिम्बू द्वितीय र ब्राइटफ्युचर बोर्डिङ स्कुलकी सृष्टि राई तृतीय भइन् । ४४ केजी मुनि बालजागृती स्कुलकी आस्मा राई प्रथम, आदर्श बोर्डिङ स्कुलकी पुनम जोशी द्वितीय र बाल सदन स्कुलकी जेसिका खनाल तृतीय भइन् ।
४६ केजी मुनि ब्राइटफ्युचर स्कुलकी सन्तोषी राई प्रथम, आदर्श बोर्डिङ स्कुलकी कोमल लिम्बू द्वितीय र बालजगत स्कुलकी रेश्मा कार्की तृतीय भइन् । त्यसैगरी पुरुषतर्फ ४५ केजी मुनि सिंहवाहिनी माविका कमल राई प्रथम, ब्राइटफ्युचरका सुजन लुइँटेल द्वितीय र ग्रोगाह माविका शिवकुमार यादव तृतीय भए । ४८ केजी मुनि सिदार्थ स्कुलका अभिषेक भट्टराई प्रथम, आदर्श बोर्डिङ स्कुलका लाओस लिम्बू द्वितीय र ब्राइटफ्युचरका प्रकाश बस्नेत तृतीय भए ।
त्यसैगरी कबडीको पुरुषतर्पm पोखरिया माविलाई पराजित गर्दै सिद्धकाली मावि विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । कहरबान माविलाई सुुकुना माविले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै महिलातर्फ राधिका मावि स्कुल डाँडालाई सुकुना माविले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
मोरङ जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको उद्घाटन सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । प्रतियोगिता कराते, तेक्वान्दो, उसु, भलिबल, कबडी र एथलेटिक्सका खेलमा ६ सय खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैयाँका साथै रनिङ शिल्ड प्राप्त गर्ने छन् भने दोस्रोले नगद ३५ हजार रुपैयाँ र तेस्रोले नगद नौं हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०