शैक्षिक परामर्श संघ (इक्यान) निर्वाचनमा दुई समूह प्रतिस्पर्धामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०७५, बुधबार ०४:१९

काठमाडौँ । शैक्षिक परामर्श संघ (इक्यान) को शनिबार हुने निर्वाचनमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।काठमाडौंमा हुने निर्वाचनका लागि विष्णुहरि पाण्डे र सरोजकुमार बस्नेतको समूह प्रतिस्पर्धामा आएका हुन् ।

पाण्डे समूहको उपाध्यक्षमा देवीदास भट्टराई, खडगबहादुर ताल्मिङ लिम्बु, सपना राजभण्डारी छन् । महासचिवमा शेषराज भट्टराई सचिवमा शयामबहादुर कँडेल र दीपकराज भुसाल छन् । कोषाध्यक्षमा गोविन्द अधिकारी र सहकोषाध्यक्षमा निरुपमा महर्जन छन् ।

त्यस्तै बस्नेत समूहको उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना, उमेश ढुङगेल प्रतिस्पर्धामा छन् । महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा ज्ञानेन्द्रमान जोशी, विक्रम केसी छन् । कोषध्यक्षमा सूर्यबहादुर डाँगी र सहकोषाध्यक्षमा राकेश श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् ।

इक्यानको अब हुने निर्वाचनले कार्यकारी सदस्यसहित १७ सदसीय कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१