अचार खानु कति हानिकार ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७५, मंगलवार ०५:५२

चटनी, अर्थात अचार । खानामा तिख्खर स्वाद खोज्नेहरुलाई अचार चाहिन्छ । हामीकहाँ खानामा अचार हुन्छ । गोलभेडा, धनियाँ, नुन-खुर्सानी मिसाएर बनाएको अचारले हरेक गाँसलाई स्वादिलो बनाउँछ । तिख्खर बनाउँछ ।

ताजा अचार खानु सामान्य हो । यद्यपी अचार भनेपछि त्यसमा पिरो र नुनिलोको मात्रा बढी हुन्छ । यसले स्वतः शरीरमा नुनको मात्रा बढाउँछ । पिरोले पनि धेरैलाई पिरोल्छ । पेटको समस्या भएकाहरुलाई पिरो उपयुक्त हुँदैन । पायल्स वा मलद्वारमा समस्या छ भने पिरो खानै हुन्न ।

नुनको मात्रा बढी भयो भने शरीरमा अनेकौ समस्या निम्त्याउँछ । उच्च रक्तचाप भएकाहरुका लागि त नुन हानिकारक नै हो । अचारले पेटमा एसिडिटी बढाउने काम गर्छ । ग्याष्ट्रिकका रोगीले नखाएकै राम्रो ।

एकसाथ धेरै प्रकारको खानेकुरा खानु पाचन प्रणालीका लागि राम्रो मानिदैन । थरीथरीका खाना, अचार एकसाथ सेवन गर्दा त्यो विजातिय हुनसक्छ । यसले स्वास्थ्यमा असर गर्ने नै भयो ।

तयारी अचार खतरनाक

धेरैको भान्सामा तयारी अचार हुन्छ । बजारमा पाइने यस्ता अचार थरीथरीका भेराइटीमा पाइन्छ । मूला, खुर्सानी, मेथी, आँप जस्ता अनेक किसिमका अचार बजारमा पाइन्छ । प्याकेटमा बन्द गरिएका यी अचारले जिब्रोलाई स्वाद त दिन्छ, तर स्वास्थ्यलाई भने नोक्सान पुर्‍याउँछ ।

हामीले देखेका, चाखेका छौ, तयारी अचारमा तेलको मात्रा बढी हुन्छ । नुन र खुर्सानी त हुने नै भयो । अमिलो, पिरो, टर्रो स्वादले जिब्रोलाई लोभ्याउँन सक्छ । यद्यपी शरीरभित्र यसैले समस्या निम्त्याउँछ । के कस्ता समस्या निम्त्याउँछ त ?

तेल र मसलाले कोलोस्टोर

अचारमा तेलको मात्रा अत्यधिक धेरै हुन्छ । र, त्यसमा प्रयोग गरिने मसाला पनि प्राय पाकेको हुँदैन । यसले गर्दा कोलस्ट्रोल र अन्य समस्याहरु हुन सक्छन् ।

अम्लियपनले एसिडिटी

अचारको प्रयोगले पेटमा अम्लियतालाई बढाउँछ जसका कारण यसको अत्यधिक सेवनले एसिडीटी, ग्यास अमिलो डकार आदि समस्याहरु उत्पन्न हुन सक्छन् ।

नुनले उच्च रक्तचाप

अचारमा नुनको मात्रा पनि बढि हुन्छ जसले सोडियमको अधिकताका अलावा उच्च रक्तचाप र अन्य स्वास्थ्य समस्याहरु पनि पैदा गर्न सक्छ ।

मसला र अमिलोले अल्सर

अचारमा मसलाको अलावा अमिलोको प्रयोग पनि पर्याप्त मात्रामा गरिएको हुन्छ । यसको अत्यधिक सेवनले अल्सर पनि हुन सक्छ र अन्य स्वास्थ्य समस्या पनि पैदा हुन सक्छ ।

हानिकारक रसाय

अचार बनाउन र त्यसलाई सुरक्षित राख्नका लागि चिजहरु प्रयोग गरिन्छ, त्यो शरीरका लागि हानिकारक हुन्छ र एसिडिटीको लागि जिम्मेवार हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१