यस्ता छन् नुनका गुन–बैगुन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७५, मंगलवार ०५:४७

दीपक दाहाल  ।
वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा।अनिल बरालकोमा केही दिनअघि हातगोडा सुन्निएका एक बिरामी आए । बिरामीले मधुमेह रोगका कारण गुलियो खानेकुरामा कटौती गरेको बताए । दालभात, तरकारी, अचार, साग र साताको दुईतीन पटक मासु खाने गरेको ती बिरामीले बताए । आफूले नुनिला खानेकुरा नै बढी खाने गरेको उनले डा. बराललाई बताए ।
बिरामीबारे बताउँदै डा। बरालले भने, ‘बिरामीले खाने नुनको परिमाणको हिसाब गर्दा उनले दैनिक १० देखि १५ ग्रामसम्म नुन खाँदा रहेछन् ।’ गुलियो र चिल्लो खानेकुरासँग डराए पनि धेरैले नुनको मात्रामा वास्ता नगर्ने डा। बराल बताउँछन् । ‘नुन कम वा चर्को भनेर हेर्ने होइन । कति परिमाणमा खाइयो, त्यो हेर्ने हो,’ उनले भने, ‘दिनभरि नुन प्रयोग गरिएको खाना मात्रै खाएपछि थोरैथोरै राखेर खाँदा पनि धेरै हुन्छ ।’
सामान्यतया एउटा वयस्क मानिसका लागि दैनिक चारदेखि पाँच ग्रामभन्दा बढी नुन आवश्यक हुन्छ । शरीरका लागि नुन गुनकारी हो । तर, यसको मात्रा मिलाउन नजाने यो बैगुनी बन्छ । शरीरमा मात्राभन्दा बढी नुन हुनेबित्तिकै त्यसलाई पिसाबबाट फाल्नका लागि शरीरका महŒवपूर्ण अंगले बढी काम गर्नुपर्छ । ‘काँचो नुनलाई सेतो विषका रूपमा लिइन्छ । एक पटक पकाइसकेको खानामा पुनः नुन थपेर खानु झन् जोखिमपूर्ण हो,’ डा। बरालले भने ।
नुनको गुन
नुन शरीरका लागि नभई नहुने तŒव हो । विज्ञानको शब्दमा सोडियम क्लोराइडको मिश्रणलाई नुन भनिन्छ । शरीरलाई सञ्चालनका लागि चार्ज गर्ने काम सोडियम पोटासियमको मिश्रणले गर्छ । शरीरमा रहेका असंख्य कोषभित्र पोटासियम धेरै र कोषबाहिर सोडियम धेरै हुन्छ । कोषको बाहिर र भित्र हुने पानीको मात्रामा सन्तुलन ल्याउनका लागि एउटा पम्पले काम गरिहेको हुन्छ ।
‘कोषभित्र टोनिसिटी बढी भएमा कोष तन्किएर बाहिर भएमा खुम्चिएर पनि फुट्छ,’ डा। बरालले भने, ‘मस्तिष्कका कोषहरूमा यस्तै प्रक्रिया भएको अवस्थामा नसा फुट्ने समस्या ९स्ट्रोक० हुन्छ ।’ सामान्यतः शरीरमा सोडियमको मात्रा १३५ देखि १४५ मिलि इक्युभ्यालेन्ट प्रतिलिटर हुन्छ । सोडियम अर्थात् नुन बढी भएमा घुल्नका लागि शरीरले बढी पानी खोज्छ र तिर्खा लाग्छ । नुन कम र बेसी भएमा असर हुन्छ ।

नुनको बैगुन
विज्ञहरूका अनुसार धेरै नुन हुँदा पिसाबबाट फाल्नुपर्छ । निर्धारित सीमाभित्र राख्नका लागि मिर्गौलाले बढी काम गर्नुपर्छ । मिर्गौलामा मुटुबाट आएको एएनपी नामको हार्मोन हुन्छ । त्यसले मिर्गौलाबाट पिसाबसँगै सोडियम ९नुन० फाल्न सहयोग गर्छ । त्यस्तो अवस्थामा मुटुबाट आएको एएनपीले मात्रै सक्दैन, रगतमा रहेको नुनलाई किड्नीबाट फाल्नका लागि रक्तचाप बढाउनुपर्छ । किड्नीले रक्तचाप बढाउँदा सम्पूर्ण शरीरको नै रक्तचाप बढछ । त्यस्तो रक्तचापले मिर्गौलालाई असर पु¥याइहेको हुन्छ । उच्च रक्तचापका कारण हृदयाघात, पक्षाघात, मिर्गौलामा थप असर पर्ने, आँखाका नली साँघुरो बनाएर अन्धोपन नै हुन सक्छ ।’

नुन कम हुँदा के हुन्छ रु
–थकान
–मांसपेशी चलाउन गाह्रो
–कम्पन छुट्ने
–हातखुट्टा बाउँडिने
–तिर्खा कम लाग्ने
–बेहोस हुने सम्भावना
–हाई आउने

नुन बढी हुँदा के हुन्छ रु

–तिर्खा बढी लाग्छ
–उच्च रक्तचाप
–मुटु र मिर्गौलामा हानि
–सुगर, कोलेस्ट्रोलको असर बढाउन सहयोगी
–दिमागको कोष सुन्निएमा कम्पन हुने र ज्यानै जान सक्ने

बच्ने उपाय
–खाना पकाउँदा अत्यन्त कम मात्रामा नुन राख्ने
–खाना खाँदा अतिरिक्त नुन उपभोग नगर्ने
–बट्टाभित्रका खाद्य पदार्थ नखाने
–सिसीमा राखेको अचार तथा पापड नखाने
–नुनिलो बदाम, आलु चिप्स, नम्किन बिस्कुट नखाने
–नुन बढी हुने चिज र बटर नखाने
–नुनको सट्टा स्वादका लागि कागती, मरिच, तोरीको पिना प्रयोग गर्ने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०