सामाजिक अभियान्ता केपी खनाललाई भेट्न मन्त्री पण्डित पुगे ग्रीन सिटी अस्पताल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७५, मंगलवार ०५:१५

काठमाडौं ।  सामाजिक अभियान्ताको रुपमा चर्चामा आएका केपी खनाललाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अस्पतालमा भेटेका छन् । क्लिन काठमाडौं अभियानबाट चर्चामा आएक केपी चैत २७ गतेदेखि ग्रीन सिटी अस्पतालमा एपेन्डीसको अपरेसन गरेरका थिए।

भेटमा मन्त्री पण्डितले स्वास्थ्यलाभको कामना गरेका थिए  ।

युवाहरुलाई नेतृत्व गर्दे क्लिन काठमाडौं अभियान चलाउँदै आएका १७ वर्षका युबक  ‘म बद्लिन्छु, मेरो देश बद्लिन्छ’ भन्ने नाराको साथ सफाई अभियानमा लागेका  छन् ।

कैलाली घर भएका केपी अध्ययनको लागि काठमाडौं आएका हुन् । उनको अभियानमा अस्पताल सञ्चालन लोक बहादुर टण्डनले साथ दिँदै आईरहेका छन ।

हाल उनको उपचार ग्रीन सिटी अस्पतालले निःशुल्क गरेको छ । केपीको खाने बस्ने, कलेज खर्च  अस्पताले नै व्यहोर्ने अस्पताल अध्यक्ष लोक बहादुर टण्डनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१