विदेशी पूँजी भित्र्याउन सम्झौता गर्दै बैंकहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७५, मंगलवार ०४:४४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी पूँजी भित्र्याउने बाटो खोलेसँगै बैंकहरु धमाधम लगानी जुटाउने दौडमा उत्रिएका छन् ।

एनएमबी बैंक र एनआइसी एसिया बैंकले सम्झौता गरेर ऋण ल्याउने स्वीकृती माग्दै राष्ट्र बैंकमा आवेदन समेत दिइसकेका छन् भने हिमालयन बैंकले भर्खर मात्र सम्झौता गरेको छ । अब उसले पनि ऋण ल्याउन राष्ट्र बैंकमा आवेदन दिनेछ ।

यता सनराइज बैंक भने छलफलकै चरणमा रहेको छ । अन्य केही बैंक पनि पूँजी भित्र्याउन छलफलमा जुटेका छन् ।

विश्व बैंकको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगमसँग एनएमबीले चैत १३ गते नै १ अर्ब ५० करोड ९ एक करोड ५० लाख डलर रुपैयाँ ऋण लिने सम्झौता गरेको थियो । महिला उद्यमीहरुको साना तथा मझौला उद्योगमा लगानी गर्ने भन्दै आइसीएफसीले हिमालयन बैंकसँग पनि सझौता गरेको छ ।

विदेशबाट ऋण ल्याउँदा बैंकहरुले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म मात्र ल्याउन पाउने व्यवस्था छ । बैंकहरुले विदेशबाट ल्याउने पूँजी कृषि, उर्जा, पर्यटनजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा र साना तथा मझौला कर्जाको रुपमा पनि लगानी गर्नुपर्नेछ । यस्तो कर्जाको अवधि कम्तीमा एक देखि पाँच वर्षसम्मको हुनेछ । बैंकहरुले यो रकम अन्तर बैक कारोबार, रियल स्टेट र पूँजी बजारमा लगाउन पाउने छैनन् ।

बैंक तथा वित्तिय सँस्थामा लगानीयोग्य रकमको लामै समयसम्म अभाव हुन थालेपछि नियामक राष्ट्र बैंकले पूँजी अभाव पूर्ति गर्नका लागि विदेशी बैंक तथा वित्तिय संस्थाबाट लगानी ल्याउन सक्ने नीति बनाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०