काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा युवतीको हत्या गर्ने युवक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७५, मंगलवार ०४:०९

काठमाडौं । काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन्। गोरखा घर भएकी पूर्णिमा बिकको हत्या गरेका पर्सा ठोरी घर भइ हाल धापासी बस्ने ३० वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

आईतबार राति करिब करिब १० बजेतिर युवतीको हत्या गरेर हिँडेका तामाङलाई सोमबार बिहान साढे सात बजे प्रहरीले पक्राउ गरेको हो।

प्रहरीसँग तामाङले दिएको बयान अनुसार सात महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका तामाङ र बिक दुबै ज्याला मजदुरी गर्ने हुन्। तामाङ मिश्री हुन् भने विक लेभवरको रूपमा काम गर्दै आएकी थिइन्।

विगत तीन महिनादेखि उनीहरूको सम्बन्धमा केही खटपट देखियो। दुबैले एक अर्काको त्यती धेरै चासो राख्न छोडे। तर दुबै काममा जान्थे र आ( आफ्नै तरिकाले जिउने गरेका थिए। को कहाँ जान्छ एकले अर्काको मतलब गर्दैनथे।

आइतबार साँझ कामबाट फर्कने क्रममा तामाङले केटीलाई एउटा भट्टी पसलमा बसेर रक्सी खाइरहेको देख्यो। ऊ पनि गयो। रक्सी खाएर मातेपछि केटीलाई घर जान आग्रह गर्‍यो। तर केटी जान मानिनँ।

त्यही बिचमा उनीहरूबीच झगडा भयो। तामाङले पूर्णिमाको टाउकोमा ढुंगाले हान्यो। उनी लडेपछि ऊ घर गयो।

लगाएको कपडा च्यातिएर अर्धनग्न अवस्थामा सुकुम्बासी बस्तीको करिडोरमा युवतीको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार स्थानीयकै सूचनाका आधारमा धापासी कृष्ण मन्दिर आसपासमा प्रल्हाद केसीको घरमा डेरा गरेर बस्ने तामाङललाई प्रहरीले पक्राउ गर्‍यो।।

युवतीको टाउकोमा ढुंगाले लागेर गहिरो चोट छ। मृतक युवतीको शवलाई पोष्टमास्टर्मका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१