सेलेब्रिटीका अनौठो बानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०७५, सोमबार ०३:४६

सेलेब्रिटीहरू प्रशंसकको रुचिअनुसार आफूलाई ढाल्छन् । तर, तिनको पनि निजी संसार त हुन्छ नै । त्यो व्यक्तिगत जीवन सकेसम्म गोप्य राख्न खोज्छन् । यद्यपि, कुरा चुहिहाल्छ । त्यसरी लिक भएका सेलेब्रिटीका आनीबानीबारे यहाँ चर्चा गरिएको छ । केही बानी विचित्र खालका पाइए भने धेरैको चाहिँ तपाईंरहाम्रोजस्तै सामान्य खालका ।

बलिउड बेबो, करिना कपुर खान नङ टोक्छिन् । उनलाई चम्किलो रङका नङ पालिस लगाउन मनपर्छ । तर, पालिस लाएपछि पनि उनको लत टुटैन । अलि बढी चिन्ता पर्नासाथ उनका औंला मुखमा पुगिहाल्छन् । टोकेर ठुटै पारेको नङ छोप्न उनी कृत्रिम नङ लगाउँछिन् । सन् १९९४ की मिस युनिभर्स सुष्मिता सेनचाहिँ अनौठी खालकी रहिछन् । उनलाई आफ्नो भव्य बाथरुममा नुहाउन मन लाग्दैन रे । कौसीमा नुहाउँछिन् । अचम्म छ, खुला ठाउँमा उनी कसरी स्नान गर्दिहुन् रु

अभिनेता जोन अब्राहम खुट्टा नहल्लाई बस्नै सक्दैनन् । यो बानी धेरैको हुन्छ । जोनचाहिँ अरूको भन्दा अलि बढी नै हल्लाउँछन् । एक्सन हिरो, बबी देवल कुनै बेला साह्रै अन्धविश्वासी थिए । उनी बातैपिच्छे काठ छुन्थे । कुनै समय झोला वा खल्तीमा काठको टुक्रा बोकेर हिँड्ने कुरा गरेको उनी अहिले पनि बताउँछन् । ‘बिहीबार पहँेलो रङको लुगा लगाउँछु,’ उनले अन्य गोप्य बानी पनि सेयर गरेका छन्, ‘विष्णुको भक्त हुँ । अरूलाई बिरालोले बाटो काटा अशुभ हुन्छ मलाई चाहिँ सधैं फलिफाप भएको छ ।’

अर्की नमुना छिन्, रानी मुखर्जी । बिहान उठ्नेबित्तिकै उनी एक खिल्ली चुरोट सल्काइहाल्छिन् । हामीले चिया लिएझैं उनलाई चुरोट पिउने लत छ । अभिनेता कुनाल कपुरलाई भने प्लेटमा अलिकति खाना छोड्नुपर्छ । जेसुकै खाए पनि उनी अलिकति छोडिहाल्छन् । जितेन्द्र नामले परिचित कलाकार रवि कपुर मेवा नखाई शौच गर्न सक्दैनन् । कब्जियतका लागि मेवा फाइदाजनक मानिए पनि हरेक पटक मेवा खाइरहनु पक्कै झन्झटिलो होला ।

शाहरूख खानको चर्तिकला कस्तो छ भने उनी दिनको एकचोटि मात्रै जुत्ता खोल्छन् । जतिसुकै गनाओस्, उनी सुत्नुअघि मरिगए जुत्ताचप्पल खोल्दैनन् । शाहरूखको फोक्सोबारे पनि बलिउडमा खुबै चर्चा हुन्छ । दिनभरिमा सयौं खिल्ली चुरोट पिइसक्ने भएकाले उनको फोक्सो निष्पट्ट कालो भइसकेको छ भन्ने ठट्टा नै गरिन्छ । सलमान खानलाई साबुन जम्मा पार्ने सोख छ । उनीकहाँ विश्वभरका अनेकथरी साबुनको कलेक्सन छ ।

अमिताभ बच्चन दुवै हातले राम्रो लेख्न सक्छन् । उनी छोराबुहारी ९अभिषेक र ऐश्वर्या० विदेश गएका बेला दुवै हातमा वा एउटै हातमा दुइटा घडी लगाउँछन् । एउटामा भारतीय समय र अर्कोमा अभिषेकहरू गएको देशको समय सेट गरिएको हुन्छ । विद्या बालनलाई सारी भेला पार्न मनपर्छ भने साहिद कपुर कफीका पारखी हुन् । दिनको दस कपजति पिइसक्छन् । प्रियंका चोपडा जुत्ता जम्मा पार्छिन् ।

आमिर खानलाई भारतको नामी प्रांकस्टर मानिन्छ । उनी मान्छे झुक्याउन मन पराउँछन् । ‘दिल’ फिल्मको छायांकनका क्रममा उनले माधुरी दीक्षितलाई झुक्याएका थिए । हात हेरिदिन्छु भन्दै माधुरीको हत्केलामा थुकिदिएपछि माधुरी रिसाएर भाउन्निएकी थिइन् । आमिर भेष बदलिएर सेलेब्रिटीका घरघरमा पुग्ने गरेका छन् । उनका प्रांक भिडियो युटयुबमा पनि भेटिन्छन् ।

सञ्जय दत्तले आफ्नो ‘दारु प्रथा’ त्यागिसकेका छन् । तर, गुट्खा नखाई बस्न सक्दैनन् । एकपटक क्यान्सरबारे चेतना फैलाउने कार्यक्रममै उनी गुट्खा च्यापिरहेको भेटिएका थिए । पूर्व पोर्नस्टार सनी लियोनी खुट्टा धोइरहन्छिन् । ‘जिस्म २’ को छायांकनका क्रममा उनको यो लतबारे खुलासा भएको थियो । उनी हरेक १५ मिनेटमा खुट्टा पखाल्थिन् । सुटिङलाई अवरोध पुगे पनि ‘आदत से मजबुर’ सनीले खुट्टा धोई नै रहिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१