‘मर्निङ वाक’ पछिको यो पेय पदार्थले तीब्र रुपमा घटाउनेछ तौल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७५, आईतवार ०५:१९

मर्निङ वाक स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । बिहान चाँडै उठ्नु स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो मानिन्छ र बिहान सयर गर्दाको फाइदाबारे त हामीमध्ये धेरैलाई थाहा होला । आजकाल अनियमित जीवनशैलीका कारण विभिन्न प्रकारका रोग विशेषगरी मोटोपना, मधुमेह र मुटु रोगको खतरा तीब्र रुपमा बढिरहेको छ । यस्तोमा ‘मर्निङ वाक’ वा ‘जगिङ’ गर्दा मोटोपना कम हुनुका साथै शरिर दिनभरी फुर्तिलो हुने गर्दछ । मर्निङ वाकलाई आफ्नो दिनचर्यामा समावेश गरेर तपाईं स्वस्थ रहन सक्नुहुन्छ । मर्निक वाकका साथै यदि तपाईं यहाँ दिइएको विशेष प्रकारको पेय पदार्थ पनि पिउनुहुन्छ भने यसको फाइदा दोब्बर हुने गर्दछ ।
के हो यो पेय पदार्थ रु
हरेक दिन बिहान खाली पेटमा कागती पानी पिउँदा तौल नियन्त्रणमा रहन्छ । कागतीमा पाइने औषधीय गुणले तपाईंको बढिरहेको तौललाई नियन्त्रणमा राख्छ । कागती पानी ९चिनी नहालिएको० पूर्ण रुपमा क्यालोरी फ्रि हुन्छ । कम मात्रामा पानी पिउँदा शरिरको बोसो ऊर्जाको रुपमा पग्लनुको साटो एकत्रित हुन सुरु हुन्छ जसका कारण तपाईंको तौल दिनप्रति दिन बढ्दै जान्छ । जति धेरै पानी तपाईं पिउनुहुन्छ त्यति नै धेरै बोसो तपाईं खर्च गर्न सक्नुहुन्छ र यसमा कागती पानीले निकै सहयोग गर्दछ । बिहान एक गिलास मनतातो पानीमा कागतीको रस निचोरेर पिउँदा तौल घटाउन निकै सहयोग गर्दछ ।
के हो सामग्री रु
मह – १ वा २ चम्चा
पुदीना – १५ देखि २० वटा पात
अदुवा – आधा इन्च लामो टुक्रा
बिरे नुनः सानो चम्चाको आधा
कसरी बनाउने ?
सबैभन्दा पहिले महलाई पानीमा हालेर मिसाउनुहोस् । त्यसपछि कागतीको रस त्यसमा मिसाउनुहोस् ।
अब पुदीनाको पातलाई सफा पानीले कम्तीमा दुई पटक धुनुहोस् र अदुवालाई पनि ताछेर पखाल्नुहोस् ।
त्यसपछि पुदीना र अदुवालाई मिसाएर पिस्नुहोस् ।
पुदीना पिस्ने बेलामा पानीको प्रयोग गर्नुहोस् । चाहनुहुन्छ भने तपाईं मह मिसाइएको पानी पनि प्रयोग गर्न सक्नुहुन्छ ।
अब यो पेस्टलाई कागती, मह र चिसो पानीको घोलमा मिसाउनुहोस् र बिरे नुन पनि हाल्नुहोस् । यो मिश्रणलाई छान्नुहोस्, तपाईंको ‘फ्लेवर्ड पुदीना कागती पानी’ तयार भयो ।

पाचन क्रियालाई बलियो बनाउँछः
यदि तपाईं कागतीलाई उमालेर पिउनुहुन्छ भने यसले तपाईंको तौललाई नियन्त्रणमा राख्नुका साथै तपाईंलाई कमजोरी हुनबाट बचाउँछ । कागती पेक्टिन फाइबरले भरपुर भएकाले भोकलाई कम गर्छ जसका कारण तपाईंको तौल नियन्त्रणमा रहन्छ ।

ऊर्जावान् र बलियो प्रतिरक्षा प्रणालीः
कागतीले ऊर्जालाई बढाउन सहयोग पुर्याउँछ । कागतीलाई उमालेपछि यसको बोक्राबाट बास्ना आउन थाल्छ जसले ऊर्जाको स्तरलाई बढाउन सहयोग गर्दछ । यसका साथै कागतीमा ‘भिटामिन सी’ को मात्रा अत्यधिक हुने भएकाले यसलाई उमालेर पिउँदा प्रतिरक्षा प्रणाली बलियो हुने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१