आइएपिपि एसियाका अध्यक्ष ढकाल र आइक्यापका सस्थापक अध्यक्ष डेभेनेसिया बीच भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७५, आईतवार ०५:११

मनिला । पूर्व मन्त्रि तथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशियाका अध्यक्ष एकनाथ ढकालले फिलिपिन्स संसदका पूर्व सभामुख तथा इन्टरनेशनल कन्फेरेन्स अन एशियन पोलिटिकल पार्टीज (आइक्याप) का सस्थापक अध्यक्ष जॊसे डेभेनेसिया संग भेट बार्ता गर्नु भयको छ । मनिला स्थित पूर्व सभामुख डेभेनेसियाको सचिवालयमा भयको भेटमा एशिया प्रशान्त क्षेत्रको शान्ति, सुरक्ष तथा दिगो बिकासको बारेमा छलफल भयको पूर्व मन्त्रि ढकालको सचिवालयले जनायको छ । दुइ नेताहरु बीच एशिया प्रशान्त क्षेत्रको समिट कन्फेरेन्स २०१८ भित्रमै नेपाल तथा फिजी मा आयोजना गर्न सम्बन्धित राष्ट्रको सरकार तथा संसद संग कुरा गर्ने बारेमा पनि छलफल भयको छ । उहाँहरुको भेटमा कोरियन प्रायद्दिपको शान्तिको बारेमा पनि कुरा भयको थियो । गत बर्ष आइएपिपि एसियाको अध्यक्षमा निर्बाचित ढकाल एशिया प्रशान्त क्षेत्रको शान्ति, शुशासन, सुरक्षा तथा विकास लगायतको बिषयमा मित्र राष्ट्रहरुबीच साझेदारी विकास गर्न सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१