चक्रपथ सरसफाई महा-अभियानले ५३  औ हप्ता पार,गगन थापा र सत्यमोहन जोशी सहित ३०० को सहभागि

काठमाडौं । काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले ५३  औ हप्ता पार गरेको छ ।

लोकवहादुर टण्डनको अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा-अभियानले शनिवारदेखि ५३   औं हप्ता पुरा गरेको हो । सफाइ अभियानले फोहोर संकलन गरि सबैमा जनचेतना समेत आव्हान गरेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , नेप्सेम्याक,लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको अभियन्ताहरुले जनाएका छन्  ।

चक्रपथ सफाइको ५३   औँ हप्तामा चक्रपथको  गौशाला देखि चाबहिल चोकसम्म दायाँबायाँ सडक किनारमा सफाइ गरी फोहर व्यवस्थापन गरिएको थियो  । सफाइसँगै सडकको दायाँबायाँ भागमा जथाभाबी राखिएका फलामका फलामे रेलिङ,इट्टा लगाएत सामानहरुलाई व्यवस्थापन गरिएको छ  । केही मानिसले सडक किनारमा व्यापार गर्दा फोहर बढेकाले काठमाडौँ महानगरपालिकाले हटाउने निर्णय गरेको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ५३ औ हप्तामा १२   टन फोहोर संकलन गरियो भने नेपाली कांग्रेसका नेता गगन थापा र सत्यमोहन जोशी सहित ३००  जनाको सहभागिता रहेको टण्डनले जनाएका छन्  । 

आइतवार, बैशाख २, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री