फेसबुक काण्डपछि ह्वाट्सएप पनि शंकाको घेरामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ बैशाख २०७५, शनिबार ०४:२५

प्रयोगकर्ताका डाटाको लिक भएको विवादले फेसबुकलाई सताइरहेको बेला फेसबुककै स्वामित्वमा रहेका लोकप्रिय मेसेजिंग एप ह्वाट्सएप पनि शंकाको घेरामा परेको छ ।

विज्ञहरुले ह्वाट्सएप पनि दाबी गरिएजति सुरक्षित नभएको भन्दै आशंका व्यक्त गरेका छन् । साथै उनीहरुले प्रयोगकर्ताका डाटा सुरक्षा सम्बन्धमा कतिपय शर्तहरुमाथि प्रश्न उठाएका छन् ।

 

हाल विश्वभर १ अर्ब भन्दा धेरै प्रयोगकर्ता रहेको ह्वाट्सएपलाई फेसबुकले सन् २०१४ मा अधिग्रहण गरेको थियो ।

अमेरिकाका चर्चित प्रविधिी उद्यमी विवेक वाधवाका अनुसार प्रयोगकर्ताबीचको वन टू वन सम्वाद इन्क्रिप्टेड हुने र ह्वाट्सएपले दाबी गरेजत्तिकै सुरक्षित हुने भएतापनि ह्वाट्सएप कल सम्बन्धी वृहत डाटाको कम्पनीले अनधिकृत रुपमा दुरुपयोग गर्ने सम्भावना रहेको छ ।

आफ्नो प्रयोगकर्ताको पहिचान तथा उपकरण सम्बन्धी डाटा फेसबुकसँग शेयर गरिने कुराको खुलासा ह्वाट्सएपले यसअघि नै गरिसकेको छ । यसले फेसबुक प्रयोगकर्ताको जासूसी जस्ता गलत कामलाई छूट प्राप्त हुन्छ ।

उनका अनुसार ह्वाट्सप ग्रुप च्इाट फिचरमा कुनैपनि ग्रुप सदस्यलाई क्याम्ब्रिज एनालिटिकाले जस्तै डाटा पत्ता लगाउने अनुमति हुन्छ । जसबाट मोबाइल् नम्बरको जानकारी लिएर मानिसहरुलाई दिक्क पार्न सकिने खतरा हुन्छ ।

विज्ञका अनुसार सूचनालाई सुरक्षित राख्ने सवालमा ह्वाट्सएपको दोहोरो चरित्र देखिएको छ । उसले फेसबुकलाई प्रयोगकर्ताका संवेदनशील जानकारी सुम्पिन्छ र भन्छ की उसले प्रयोगकर्ताको कुराकानीको बारेमा कसैलाई जानकारी दिँदैन ।

अझ अर्को खतरनाक कुरा त के भने ह्वाट्सएप प्रयोगकर्ताले अकाउन्ट सिर्जना गर्दैखेरी एउटा शर्त पालना गर्नुपर्दछ, त्यो के भने उनीहरु ह्वाट्सएप प्रयोगका सन्दर्भमा उत्पन्न हुने कुनैपनि विवादमा अदालतको ढोका ढक्ढकाउने छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१