प्रियंका गोरी नहुँदा गुम्यो फिल्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७४, शुक्रबार ०४:३६

मुम्बई । हलिउडमा रंगभेद र जातीय भेदभाव अस्तीतत्वहिन भएको ८० वर्ष पुगे पनि समय समयमा कलाकारहरु यसको सिकार बन्दै आएका छन् । बलिउडबाट हलिउडमा छलाङ मारेकी अभिनेत्री प्रियंका चोपडाले पनि आफू रंगभेदको सिकार बनेको खुलासा गरेकी छन्।

हालै प्रियंकाले एक पत्रिकालाई दिएको अन्तरवार्तामा उनले रंगको आधारमा भएको भेदभावकै कारण आफ्नो हातबाट एक हलिउड फिल्म खोसिएको खुलासा गरेकी हुन् । ‘ गएको वर्ष एउटा फिल्मको सुटिङका लागि बेला हलिउडको एउटा स्टुडियोले मेरो मेनेजरसँग कुरा गरेको रहेछ।

त्यो बेला स्टुडियोले मेरो अनुहार देखाउँदै फिल्मका लागि उपयुक्त नभएको बताएको रहेछ,’ उनले भनेकी छन्, ‘जब मैले मेनेजरबाट यो सबै कुरा थाहा पाएँ । स्टुडियोले मेरो रुपरंग भनेर मेरो छालाको रंगको कुरा गरेको रहेछ । यो थाहा पाउँदा मलाई तनाव भयो।’

अन्तरवार्तामा प्रियंकाले महिला र पुरुष कलाकारबीच असमान पारिश्रमिकको विषय पनि उठाएकी छिन् । ‘विश्वलाई अझै पनि धेरै परिवर्तन गर्नुपर्नेछ । उनीहरूको सोच, समझदारी र व्यवहारमा पनि धेरै विकास गर्न आवश्यक छ,’उनले भनेकी छन्,‘यो त्यतिबेला सम्भव हुन्छ, जब हरेक दिनमा लैंगिक भुलभुलैया र सोचको दुविधा तोड्ने प्रयास गरिन्छ। ’

प्रियंकाभन्दा अघि बलिउड अभिनेत्री शिल्पा सेठ्ठी पनि टेलिभिजन सो ‘बिग ब्रदर’को समयमा रंगभेद र जातीय भेदभावको सिकार भएकी थिइन् । प्रियंका नयाँ हलिउड फिल्म ‘अ किड लाइक जैक’मा जिम पार्सन्स र ओक्टैविया स्पेन्सरसँग देखिँदैछिन् । हलिउडमा ‘क्वान्टिको’ सिरिजमार्फत डेब्यु गरेकी प्रियंकाको तेस्रो सिजन प्रसारण हुने तयारीमा रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१