आर्थिक नीति तयार गर्दा उद्योगीसँग परामर्श लिइने – प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७४, बिहीबार ०५:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक नीति तय गर्दा उद्योगीहरूको परामर्श लिने व्यवस्था गर्ने घोषणा गरेका छन्।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले सो कुराको घोषणा गरेका हुन्।

त्यसका लागि उनले छिट्टै उद्योग, व्यवसाय क्षेत्रका विज्ञहरू सम्मिलित परामर्श समिति गठन गर्ने योजना पनि सार्वजनिक गरे।

प्रधानमन्त्री ओलीले आधुनिक प्रविधि भित्र्याएर मुलुकको उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्न आफू प्रतिबद्ध रहेको पनि दोहोर्‍याए।

यसका साथै उनले, मुलुकको मजबुत राष्ट्रिय एकताको पक्षमा जोड दिएका छन्।

उनले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने प्रयास अझै भइरहेको भन्दै सचेत हुन पनि सबैमा आह्वान गरेका छन्।

उनले राष्ट्रिय एकताकै जगमा मुलुकको उद्योग र वाणिज्य क्षेत्र पनि फष्टाउने स्पष्ट पारेका छन्।

हिमाल, पहाड र तराईका सबै जातजातिको बलियो एकताको जगमा नै उद्योग र व्यापारको क्षेत्रले प्रगति गर्ने उनले स्मरण गराए। राष्ट्रिय एकताको अर्थ र महत्त्व उद्योगी, व्यापारीहरूलाई अझ बढी थाहा भएको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले शान्ति, स्थिरता र स्थायित्व कायम गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताए।

कार्यक्रममा बोल्दै महासंघकी अध्यक्ष भवानी राणाले महासंघलाई निजी क्षेत्रको सशक्त संस्थाको रूपमा विकास गरिएको दाबी गरिन्। उनले महासंघको देशभर सञ्जाल विस्तार गर्न योगदान दिएको भन्दै अग्रजहरूप्रति पनि आभार व्यक्त गरिन्।

महासंघले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१