विवाह बन्धनमा बाधिदै बलिउडकी दिपिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७४, मंगलवार ०५:४४

बलिउडकी सदाबहार चर्चामा आइरहने नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहबिचको प्रेम सम्बन्धको पनि चर्चा भैराखेकै हुन्छ उनीहरु एकसाथ धेरै चलचित्रमा पनि एकसाथ देखिसकेका छन अब भने उनीहरु चाडै नै बिहे गर्ने भएका छन् ।

अन्तरवार्तामा उनले भनेकी छिन्, ‘विवाह मेरो जीवनका लागि जरुरी हिस्सा हो । म पनि मेरा अभिभावकहरु जस्तै विवाह गरेर बस्न चाहन्छु ।आफु पनि अब विवाहको लागि तयार भएको अन्तरवार्तामा उनले बताएकी छिन् ।

‘म आफुलाई एउटा कामकाजी महिलाको रुपमा देखाउन चाहन्छु । आमा हुने रहर छ मलाई पनि । विवाह मेरो लागि महत्वपूर्ण आवश्यकता हो । मैले मेरा आफन्तहरुको जीवनशैली देखेको छु । म पनि त्यस्तै खुसी हुन चाहन्छु,’ दीपिका भन्छिन् ।

अहिले कामकै कारण आफ्नो जीवन मुस्किलमा बितिरहेको अनुभव गरेकी छिन् उनले । घर, परिवार, बुबा आमालाई भेट्न पनि उनले विशेष सेड्युल बनाउनुपर्ने स्थिति छ । विवाह कहिले भन्ने प्रश्नमा भने सुने नसुने झैँ गरिन ।

‘जुन दिन मेरो साइत आउँछ, त्यो दिन मेरो बिहे हुन्छ,’ उनले हाँस्दै भनिन् । अहिले तत्कालै फिल्म छाड्ने हो भने आफ्नो वरिपरि भएका मान्छेहरु पागल हुनसक्ने उनको भनाई थियो । पद्मावतको सफलतापछि उनको दैनिकीमा परिवर्तन भएको टिप्पणी धेरैले गरेका थिए । तर उनले आफुमा कुनै परिवर्तन नभएको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१