आफ्नो फेसबुकमा भएको डाटा सुरक्षित राख्न यसो गर्नुहोस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७४, मंगलवार ०५:२५

हालै मात्र करोडौ मानिसको व्यक्तिगत विवरणको दुरुपयोग भएको आरोप फेसबुकमाथि लागेको छ ।

रिसर्च फर्म क्याम्ब्रिज एनालिटिका माथि पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको आरोप लागेको छ । यो घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालबाट कसरी प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोग हुन्छ भन्ने बहस सुरु भएको छ । यसले अर्बौँ प्रयोग कर्ता भएको फेसबुकको विश्वसनियतामाथि पनि प्रश्न उठाएको छ ।

फेसबुकका लागि प्रयोगकर्ताको विवरण इन्धन जस्तै हो । यसले विज्ञापनदातालाई एउटा प्लेटफर्म उपलब्ध गराउँछ । त्यसको सट्टामा उसले आम्दानी गर्छ । क्याम्ब्रिज एनालिटिकाले फेसबुक क्विजको माध्यमबाट करोडौ मानिसको डाटा संकलन गरेको थियो ।
जसमा व्यक्तिगत विवरण दुरुपयोग नगर्ने विश्वास प्रयोगकर्तालाई दिइएको थियो । फेसबुकमा विभिन्न किसिमका गेम, क्विज तथा प्रयोगकर्तालाई आकर्षित गर्ने एप्सहरु हुन्छन् । जसको लक्ष्य डाटा संकलन गर्नु हुन्छ । फेसबुकमा देखिने विभिन्न किसिमका एप्स, क्विज तथा कार्याक्रम फेसबुकको नियम र शर्त अनुसार नै काम गरिरहेका हुन्छन् ।
गोपनियताको वकालत गर्ने इलेक्ट्रोक्सि फ्रन्टायर फाउण्डेशनका अनुसार जसरी क्विजको माध्यमबाट मानिसको डाटा संकलन गरिन्छ, त्यसले फेसबुक सेवाको सर्त त्यसबेलामा कस्तो थियो भन्ने देखाउँछ । अहिले फेसबुकले आफ्नो नियम र शर्तमा केही परिवर्तन गरेको छ । यसमा फेसबुक प्रयोगकर्ताको विवरणसम्म तेस्रो पार्टीको पहुँच सिमित गरिएको छ ।
आफ्नो विवरण कसरी सुरक्षित राख्ने रु
फेसबुक लगइन गरेर एप सेटिङ पेजमा जाने, एप्स, वेवसाइट्स र प्लगइनको तलपट्टी देखिने एडिट बटनमा क्लिक गर्ने, त्यसपछि प्लेटर्फमलाई डिसेवल गरिदिने ।
विज्ञहरुका अनुसार आफ्नो डाटा पूर्ण रुपले सुरक्षित राख्ने एउटै मात्र तरिका फेसबुक चलाउन छोड्नु नै हो । फेसबुकबाट प्रयोगकर्ताको डाटा सुरक्षित गर्नका लागि दबाब दिनका लागि प्रयोगकर्ताले फेसबुक चलाउन छोड्नु पर्ने विज्ञहरुको सुझाव छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल बाहिरिएपछि फेसबुकमा डिलिट फेसबुक ह्यासट्याक ट्रेन्डमा रहेको छ ।
आफ्नो निजी विवरणसम्म अरुको पहुँच पुग्न नदिन फेसबुक एप सेटिङ पेज लगइन गर्ने, त्यहाँ रहेका सबै क्याटेगरीलाई अनक्लिक गर्ने जुन तपाइले अरुलाई देखाउन चाहनुहुँदैन ।
त्यसमा बायो, जन्मदिन, परिवार, धार्मिक विचारधार, अनलाईन उपस्थिति, टाइमलाईनमा देखिने पोस्ट तथा अन्य गतिविधि पर्छन् । ईस्ट एंग्लिया स्कुल अफ ल विश्वविद्यालयमा सूचना प्रविधि, वौद्धिक सम्पदा र मिडिया कानुनका लेक्चरर पल बरनलका अनुसार कुनै सर्भिस पेजमा लाइक पटन क्लिक गर्न नहुने र एदी गेम वा क्विज खेल्नु परेमा फेसबुकबाट नगरी सिधै पेसमा जानुपर्छ । उनी भन्छन, फेसबुकबाट लगइन गरेर क्विज वा गेम खेल्न सजिलो हुन्छ तर यसबापत आफ्नो व्यक्तिगत विवरणसम्म त्यस्ता एप्सले पहुँच राख्छन् ।
बीबीसीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१