काठमाडौं गोल्डेन्स र महेन्द्रनगर यूनाईटेडबीचको खेल पानीले प्रभावित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७४, सोमबार ०५:३०

कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत आइतबार हुने भनिएको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर यूनाईटेडबीचको खेल पनि वर्षाका कारण प्रभावित भएको छ ।

गएरातिदेखि लगातार पानी परिरहेका कारण आइतबारको पहिलो खेल प्रभावित भएको हो ।

अहिले पनि धनगढीमा सिमसिम वर्षा भइरहेको छ । प्रतियोगितामा दुबै टिम प्लेअफमा पुगिसकेका छन् । काठमाडौं गोल्डेन्स प्रतियोगितामा अपराजित एक्लो टिम हो । काठमाडौंले लगातार ४ खेलमा जित निकाल्दै एक खेल अगाडि नै प्लेअफमा पुगेको छ ।

महेन्द्रनगर पनि चार खेलमा पाँच अंकका साथ प्लेअफमा पुगेको हो ।

शनिबारको पहिलो खेल पनि पनि वर्षाका कारण प्रभाबित भएपछि महेन्द्रनगर यूनाइटेड र सिवाईसी अत्तरीयाले अंक बाँडेका थिए । जसका कारण महेन्द्रनगर यूनाईटेडलाई प्लेअफमा स्थान बनाउन सहज भएको थियो ।

आइतबार नै विराटनगर किङ्ग्स र सिवाईसी अत्तरीयाबीच खेल हुनेछ । यो खेलको विजेताले प्ले अफमा स्थान बनाउने छ ।

यसअघि काठमाडौं गोल्डेन्स, महेन्द्रनगर यूनाइटेड र टिम चौराहा धनगढीले प्लेअफमा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१