सर्बेन्द्र खनाल सक्षम प्रहरी प्रमुख

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७४, सोमबार ०४:४९

राधिका जोशी, काठमाडौं ।
हाम्रो देश नेपाल हो । नेपाली भएकोमा हामी गर्भ गर्छौ । किनकी हामी नेपालमा सुरक्षित छौ । अबको दुई दिन पछि, अर्थात, सर्वेन्द्र खनालजस्ता सक्षम प्रहरी अधिकृतले हाम्रो देशको प्रहरी नेतृत्व समालेपछि हरेक नेपाली र विदेशमा पसिना बगाइरहेकाहरुले आफ्नो जन्मभूमिको प्रसंसा गर्दै बोल्न सक्ने शब्द हुन् यि । नेपाललाई फेरि एक सक्षम प्रहरी नेतृत्व चाहिएको छ । र त्यो सफल नेतृत्व सर्वेन्द्र खनाल नै हो । जसका कारणले घर, समाज र देशलेसत्य सेवा सुरक्षाको अनुभूति गर्न पाउँने छन् ।
प्रहरी प्रशासनमा जता गयो त्यतै जनताको पक्षमा काम गर्दै नाम कमाएर हाई हाई भएका सर्वेन्द्र खनाल यतिवेला महानगरीय ट्राफिक प्रहरी परिषरका प्रमुख छन् । खनालले जसरी अन्य विभागमा राम्रा काम गरेर नाम कमाएका छन् । त्यसरी नै देशभरीको ट्राफिक ब्यवस्थापनकालागी अहोरात्र खटिएका छन् । खनालले उपत्यका लगायत देशभरी नै ट्राफिक व्यवस्थापन गर्न आफुसंग भएको जनशक्तिलाई आदेश मात्रै दिदैन स्वयम आफुनै उपत्यकाका सडकमा अहोरात्र खटिएर यात्रलाई सेवा सुविधा दिइरहेका हुन्छन् । यति सम्मकी मुलुकले नयाँ प्रहरी प्रमुख खोजीरहेको अवस्थामा खनाल भने आफ्नो कार्य क्षेत्रमा व्यस्त छन् ।
आज २५ गते । नेपाल प्रहरीको नेतृत्व फेरिन ३ दिन मात्र बाँकी छ । चैत २९ मा ३० वर्षीय सेवा अवधिका आधारमा प्रकाश अर्याल अवकाशमा जाँँदैछन् । प्रहरी नियमावली अनुसार अहिले बहाल रहेका १२ जना डिआइजी आइजिपीका लागि योग्य छन् । अन्यको तुलनामा सर्वाेत्कृष्ट तीन रहेका सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की चर्चामा छन् । गृहमन्त्रीमा माओवादी केन्द्रका रामबहादुर थापा बादल रहे पनि आइजिपी चयनको चाबी प्रधानमन्त्री केपी ओलीको गोजीमा छ । आइजिपी आकांक्षीको दौडधुप जता चाबी उतै बढी हुनु सामान्य नै हो । गृहमन्त्री रहेको दलका प्रभावशाली नेता र शुभेच्छुक भेट्न व्यस्त छन् आकांक्षीहरु । तर आइतबार अर्थात, २५ गते हामी जब महानगरीय ट्राफिक महाशाखामा पुग्यौ, सर्वेन्द्र खनाल आफ्नो कार्यस्थलमा व्यस्त थिए । उनि संग हामीले जम्मा १० मिनेट समय लिन खोजेका थियौ । तर उनको कामकाज प्रतिको लगाव र व्यस्त समय देखेर हामीले सात मिनिटमै धेरथोर कुराकानी पश्चात बाहिरियौ । अन्य डिआइजी सरी उनले पनि यतिवेला गृहमन्त्री वा बालुवाटार धाउनु हुनुपथ्र्याे होला । बिहान बेलुका गृहमन्त्री र प्रधानमन्त्रीको चाकडीमै लिप्त हुनुपथ्र्यो होला तर उनि जनताको काममा व्यस्त थिए । उनको कार्यकक्ष बाहिर आफ्ना काम अराउनेको ठूलो मात्रामा भिड थियो । र उनिहरुको बिच पनि यहि विषयमा कुराकानी भइरहेको थियो । गत वर्षजस्तो प्रहरी प्रशासनमा राजनीति नभएदिए हुन्थ्यो । अघिल्लो सरकारको निर्णयले सत्तासिन दल र प्रहरी संगठनमा नकारात्मक प्रभाव पारेको छ । यस्तो अवस्था आयो भने जनताको पनि प्रहरी प्रशासन संगको आँसा भरोसा गुम्ने खतरा बढ्न सक्छ । बरु सबैले रुचाएको व्यक्ति सर्वेन्द्र खनाल नै छन् उनलाई नै ओली सरकारले प्रहरी प्रमुख चुन्नु पर्छ । बरियतामा पनि उनि नै अग्रस्थानमा छन् । त्यहाँ उपस्थित सेवाग्राहीको कुराकानी हो यो ।
नियमावलीमा रहेको आइजिपी छनोटको अधिकार मन्त्रिपरिषद्को स्वविवेकीय अधिकारको रुपमा उल्लेख भएकाले प्रधानमन्त्री ओली निस्क्रिय नै बस्ने सम्भावना देखिन्न । तर अछिल्लो सरकारको प्रहरी प्रमुख नियुक्ति गर्ने निणर्यले प्रहरी प्रशासन मात्रै होइन मुलुकको हरेक क्षेत्रमा हैलाखैला मचाएको थियो । त्यसैले ओली सरकारले भने यस विषयमा गम्भिर हुनु आवस्यक छ । नियमानुसार जुन पात्र प्रहरी प्रमुखकालागि उपयुक्त छ त्यही पात्रको छनौट गर्नु पर्छ । अनिमात्रै ओली सरकारले प्रहरी प्रशासनको बिश्वास जित्ने छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१