अभिभावक दिवस २०७४ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७४, सोमबार ०४:४५

काठमाडौँ ।  बालुवाटारस्थित हिमाल एकेडेमी माध्यामिक विद्यालयले छैठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७४ चैत २४ गते शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ । अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूद्वारा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक डाक्टर शेखर गुरुङको प्रमुख आतिथ्यमा विद्यालयद्वारा आयोजित उक्त कार्यक्रमम विभिन्न कक्षामा सर्वोत्कृष्ट, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पुरस्कार तथा खेलकुद सप्ताहमा सञ्चालित विभिन्न खेलहरूमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई मेडल एवम् प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै अतिथि प्राध्यापक शेखर गुरुङले विद्यालयले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा समेत निर्वाह गरेको भूमिका उल्लेखनीय भएको बताउनुभयो । सञ्चालक अध्यक्ष नेत्र विष्ट, संस्थापक प्रधानाध्यापक कुवेर कटुवाल, र अन्य सञ्चालकहरूले आगामी योजना र रणनीतिहरूबारे प्रष्ट पार्दै विद्यालय गुणस्तरीय शिक्षाप्रति सधै प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१