सलमान खान धरौटीमा रिहा, प्रशंसकहरु खुसीले अदालतमै नाचे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७४, आईतवार ०५:१७

भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार ९मृग० मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोके पनि धरौटीमा रिहा भएका छन् ।

सलमान खानलाई जोधपुर जिल्ला न्यायालयले शनिबार धरौटीमा रिहा गरेको हो । सलमान आजै साँझसम्म जेलबाट निस्कने बताइएको छ । सलमान खानले पाँच वर्ष जेल सजायविरुद्ध गरेको अपिलमा अदालतले उनलाई ५० हजार जरिवाना गरेर रिहा गर्ने निर्णय गरेको हो । उनी रिहा हुने भएपछि अदालत परिसर पुगेका उनका प्रशंसकहरुले खुसीले नाचेका छन् ।

उनीमाथिको यो चौथो आरोप हो । अन्य आरोपबाट उनी मुक्त भइसकेका छन् । यो घटना १९९८ को हो ।

तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उहाँका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको थियो ।
करिब २० वर्ष पहिले हिन्दी सिनेमा ‘हम साथ साथ हें’ को सुटिङको शिलशिलामा सलमानसहितका चार कलाकार र स्थानीय दुश्यन्त सिंहले दुर्लब कृष्णसार मारेको आरोपमा मुद्दा चलेको थियो ।

सलमानको मुद्दाका विरुद्ध बहस गरेका सरकारी वकीलका अनुसार सवै कलाकार सलमान खानद्वारा चलाएको जिप्सी ९गाडी०मा रातीमा यात्रा गरिरहेका समय कृष्णसारको समूह देखेपछि त्यस समूहका दुई मृगलाई मारेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०