टिप्स : छालाको प्रकृति र स्याहार गर्ने तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७४, शनिबार ०६:१५

मञ्जु दुलाल, सौन्दर्यविद । एउटा साँघुरो कोठाबाट सुरु भएको कला हर्बल ब्युटिपार्लरबाट ग्ल्यामर ब्युटी एकेडेमी स्थापना गरी नेपालमै अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य शिक्षा प्रदान गर्न सफल मञ्जु दुलालले सौन्दर्य व्यवसायलाई सम्मानित पेसाका रूपमा स्थापना गर्न विशेष भूमिका निर्वाह गरेकी छिन् । गाउँ–गाउँ पुगेर सौन्दर्य तालिम प्रदान गरिरहेकी दुलाल सौन्दर्य कला व्यवसायी संघकी संस्थापक महासचिव पनि हुन् । नेपालमै पहिलो पटक सौन्दर्यकर्मीहरूको हकहित एवं अधिकारका लागि ट्रेन्ड युनियन सम्बद्ध नेपाल ब्युटिपार्लर श्रमिक संघ स्थापना गर्ने मञ्जु यो क्षेत्रमा काम गर्दै जाँदा आफूले थुप्रै कुरा सिक्ने तथा अनुभव गर्ने अवसर प्राप्त गरेको बताउँछिन् ।
नेपाली छालाको प्रकृति कस्तो छ ?

नेपालीहरूको छाला न धेरै गोरो न धेरै कालो प्रकृतिको छ । यस्तो छालालाई संसारमै उत्कृष्ट मानिन्छ । यसको मेकअपमा बढी मेहनत गरिरहनु पर्दैन तर राम्रोसँग स्याहार भने गर्नुपर्छ ।

छालाको स्याहार कसरी गर्ने ?

सौन्दर्य शिक्षाका आफ्नै नियम छन् जसमा क्लिन्जिङ, टोनिङ तथा मोइस्चराइजिङ अत्यावश्यक मानिन्छन् । त्यसका अतिरिक्त छालाको कान्ति बढाउन बेलाबेलामा प्राकृतिक प्याक ९एलोभेरा, काँक्रो, गोलभेडा, आलु आदि० घरमै बनाएर लगाउन सकिन्छ भने समय–समयका डिप क्लिन्जिङ, स्क्रविङ, फेसियल आदि गराइरहनुपर्छ । यस क्रममा आफ्नो छालाको रंग एवं प्रकृति हेरी सुहाउँदो ट्रिटमेन्ट आवश्यक हुन्छ । बाहिर निस्कँदा सनब्लक लगाउन बिर्सनु हुँदैन ।

कस्तो छालालाई कस्तो ट्रिटमेन्ट गर्नुपर्छ ?

छाला सुख्खा छ भने बेलुका सुत्नुअघि अनुहार सफा गरिसकेपछि दूधको तर लगाउन सकिन्छ । केही समय राखेर सफा पानीले धोई प्रशस्त मोइस्चराइजर लगाउनु उत्तम हुन्छ भने तैलीय छालाका लागि मह र कागती मिसाइएको प्याकले छालालाई सन्तुलित बनाउन मद्दत गर्छ । चिल्लो बढी आउने छालामा बेलाबेलामा स्क्रविङ गरिरहनुपर्छ भने यस्तो छालाका लागि बाफ पनि उपयुक्त हुन्छ ।

व्यस्त मानिसहरूले आफ्नो छाला चम्किलो र आकर्षक बनाउने कुनै सहज उपाय छ कि ?

हो अहिले धेरै महिला कामकाजी छन् र यसको संख्या पनि बढ्दो छ । कामकाजी महिलाहरूका लागि मेकअप रिमुभर वेट टिस्यु उत्तम हुनसक्छ । यसले मेकअप निकाल्न होस् वा मेकअप गर्नुअघि अनुहार सफा गर्न छिटो र सजिलो हुन्छ । इन्स्टेन्ट प्याकहरू किनेर बेलुका पुस्तक पढ्दा वा कम्प्युटरमा काम गर्दागर्दै पनि लगाउन सकिन्छ जसले कामसँगै स्किन केयर पनि एउटै समयमा सम्पन्न गर्न सकिन्छ । छुट्टीका दिन घरमा पनि काम गर्दागर्दै विभिन्न हर्बल तथा फ्रुट्स प्याक लगाउन सकिन्छ भने थोरै समय छुट्याएर बेलुका सुत्नुअघि नियमित रूपमा क्लिन्जिङ, टोनिङ तथा मोइस्चराइजिङ गर्न सके धेरै समय छुट्याएर पार्लर धाइरहनु पर्दैन ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१