सलमान खान अपराधि कि कलाकार? किन यति धेरै सजाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७४, शुक्रबार ०४:०५

सलमान खानलाई पाँच वर्ष जेल सजाय भएपछि सिएनएनको अन्तराष्ट्रिय संस्करणमा उनीमाथि छापिएको लेखको शीर्षक थियो– को हुन् सलमान खान ? यसको उत्तर सिएनएनले यसरी दिएको छ– टम क्रुज, जर्ज क्लुनी र चार्ली सिनलाई एउटै मान्छेमा मिलाउनुस्– सलमान खान बन्छ ।

सिएएन भन्छ– सलमान टम क्रुजजस्तै चकलेटी हिरोका रुपमा आएका थिए तर पछि ठूलो एक्सन स्टार बने । जर्ज क्लुनीजस्तै उनी लामो समय अविवाहित रहे तर उनका सम्बन्धहरु चर्चित बने । र, चार्ली सिनजस्तै सलमानको छवि पनि ‘ब्याड ब्वाई’को छ ।

सिएनएनले सलमानलाई संसारकै सबभन्दा ठूलो फिल्मस्टार मध्येको एक पनि भनेको छ ।

यो परिचयमा सलमान करिब अटाउँछन् । फिल्म लेखक सलिम खानका जेठा छोरा सलमान अमिताभ युगको अन्त्यका बेला फिल्ममा आएका थिए । सानो कदको एउटा दुब्लो केटाका रुपमा उनी ‘बिबी हो तो ऐसी’मा रेखा र फारुख शेखसँग देखिएका थिए । त्यस लगत्तै आएको १९८९ को फिल्म ‘मैने प्यार किया’ले उनलाई स्टार बनाइदियो ।

त्यसयता सलमानले ‘हम आपके है कौन ?’, ‘कुछ कुछ होता है’, ‘दबंग’, ‘एक था टाइगर’ र ‘किक’ जस्ता ‘बिग ग्रसर’मा अभिनय गरे ।

४९ वर्षको उमेरमा सलमान अहिलेको बलिउडका सबभन्दा ठूलो स्टार हुन् । सय करोड क्लबमा उनका सबभन्दा बढी फिल्म छन् । यसका अलावा कहिले ऐश्वर्या राय त कहिले कट्रिना कैफजस्ता टप हिरोइनसँग उनको सम्बन्धले जहिले पनि समाचार बनाइरहे । टिभीमा पनि उनले होस्ट गरेको सो ‘बिग बोस’ चर्चित रहने गरेको छ । यसबाहेक ‘बिइंग ह्युमन’ भनेर उनले समाजसेवामा पनि हात हालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१