यस्तो केरा भुलेर पनि नखानुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७४, बिहीबार ०५:१८

छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।
पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका रोगबाट बचाउँछ । पूर्ण रुपमा पाकेको केराको बोक्रामा केही काला दाग देखिन्छन् ।

– बोक्रामा कालो दाग हुने गरेको पाकेको केरा खाँदा तपाई क्यान्सर रोगबाट बच्न सक्नुहुन्छ । जापानमा गरिएको एक अध्ययनले यो तथ्य पत्ता लागेको हो । पूर्ण रुपमा पाकेको केरा, जसको बोक्रमा कालो दाग हुन्छ, टीएनएफ नाक तत्वले भरिपूर्ण हुन्छ । उक्त तत्वलाई ट्यूमर नेक्रोसिस फेक्टर पनि भनिन्छ । यो तत्वले शरीमा क्यान्सर उत्पादन गर्ने ब्याक्टेरियासँग लड्छ ।

– केरा पाकेसँगै त्यसमा एन्टी–अक्सीडेन्ट तत्वको स्तर पनि बढेर जान्छ । यो तत्वले तपाईको प्रतिरक्षा तन्त्रलाई अधिक बलियो बनाउँछ । यो तत्वले सेता रक्तकोष निर्माणमा पनि योगदान पुर्याउँछ ।

– बोक्रामा कालो दाग देखिने गरी पाकेको केरामा प्राकृति शर्कराको मात्रा धेरै हुन्छ । यसले रगतमा शर्कराको मात्रालाई बढाउन मद्दत पुर्याउँछ । यद्यपि मधुमेह रोगबाट पीडित व्यक्तिले भने यो केरा खाँदा होस पुर्याउनु पर्छ ।

– यस्तो केरा पोषक तत्वले भरपूर पनि हुन्छ । किनकी जस्तै केरा परिपक्व हुँदै जान्छ, त्यसमा रहेको पोषक तत्वको मात्रा पनि आठ गूणाले बढेर जान्छ । यसप्रकारले पूर्ण रुपमा पाकेको केरा ९जसको बोक्रामा कालो दाग हुन्छ० बाट तपाईले भरपूर मात्रामा पोषक तत्व प्राप्त गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०