गर्मिमा छाला जोगाउने हो ? यसो गर्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७४, बुधबार ०५:४९

प्रा.डा सुधा sudhaअग्रवाल

गर्मीमा घाम र तापमानले गर्दा छालाको विशेष ध्यान दिनु पर्दछ । घामले गर्दा छालामा चाउरी पर्नका साथै कालो दाग र क्यान्सर जस्तो रोग हुन सक्छ । सबभन्दा पहिले गर्मीको घामले गर्दा हाम्रो छालालाई कस्तो प्रभाव पार्छ, हामीले जान्न जरुरी छ । निम्नलिखित घामको किरणले गर्दा छालालाई असर पुयाइरहेको हुन्छ ।
क. अल्ट्रा वालेट (ए)  छाला चाउरी पर्दछ ।
ख. अल्ट्रा वालेट (बी)  सनवर्न, एलर्जीकरिएक्सन र छालाको क्यान्सर हुने गर्दछ ।
ग. अल्ट्रा वालेट (सी)  यो सबभन्दा नराम्रो किरण, तर ओजन लेअरको कारण यो हाम्रो छालासम्म आउँदैन ।
१. घामबाट जोगाउ

Beautiful Girl Touching Her Face. Isolated on a White Background. Perfect Skin. Beauty Face. Professional Makeup

– दिनमा सबैभन्दा कडा घाम भएको समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुन्छ । त्यसैले सकेसम्म यो समयमा घाममा निस्कनु हुँदैन ।
– अनुहारको छालालाई हैट प्रयोग गरेर, आँखा वरिपरीको छालालाई सनग्लास प्रयोग गरेर घामबाट बचाउन सकिन्छ ।
– सुतीको लुगा शरीर ढाक्ने गरी लगाएर घामबाट छालालाई जोगाउन सकिन्छ ।
– सनस्क्रिमको प्रयोग गर्नुपर्छ, जसले घामबाट जोगाउने क्षमता राख्छ, हाम्रो छालाको लागि ३० देखि ५० एसपीएफ भएको सनस्क्रिम राम्रो हुन्छ । चिल्लो छाला भएकोहरुले चिल्लो नभएको सनस्क्रिम प्रयोग गर्नु पर्छ र यदि सुख्खा छाला भएकाहरुले चिल्लो भएको सनस्क्रिम प्रयोग गर्नुपर्दछ । बाहिर ननिस्किए पनि वा घामनै नलागेको दिन भएपनि बिहान सनस्क्रिम लगाउन जरुरी छ, जसले ४–५ घण्टाको लागि काम गर्दछ । यदि बाहिर जानु प¥यो भने वा घाममा हिँड्नु पर्यो भने घरबाहिर निस्कनुभन्दा २०–३० मिनेट अगाडि अरु ५ एम एल सनस्क्रिम लगाउनु पर्छ ।
२. सरसफाइ
छालालाई स्वस्थ र सुन्दर राख्न दिनको दुईपल्ट सफा गर्नु जरुरी छ ।
३. पोषणयुक्त खाना
पोषणयुक्त खानेकुरा पनि सौन्दर्यका लागि चाहिने कुरा हो ।
– गर्मीमा पानी धेरै खानुपर्छ ।
– छालालाई हाइडे«ट राख्नका लागि फलपूmल तथा सागसब्जी प्रशस्त खानुपर्दछ ।
– गुलियो खाना कम खाने गर्नुपर्दछ ।
– चिल्लो भएको खाना कम खाने गर्नुपर्दछ ।
४. लिफबामको प्रयोग
आप्नो ओठलाई नरम राख्नलाई लिपबामको प्रयोग गर्नुपर्दछ ।
गर्मी महिनामा छालामा हुने रोगहरु यस प्रकार छन् ।
१. सनटैन
सनटैन भनेको आप्नो शरीरले सूर्यको प्रकाश विपरीत जोगिने प्रक्रिया हो ।
यसका लक्षणहरु
छाला रातो हुनु
छाला पिल्सिनु
छाला चिलाउनु
उपचार
– सूर्यको प्रकाशबाट बच्नु
– छालालाई नरम बनाएर राख्नु
– एन्टी एलर्जिक औषधी र एकदमै नरम एसटरोइड मलम डाक्टरको सुझावअनुसार लगाउनु पर्छ ।
घमौरा
ज्यादै पसिना आउनु र बन्दै गएको मरेका छालाका कोषिकाहरुले छालाका सुक्ष्म प्वालहरुलाई बन्द गरिदिन्छन् । जसले गर्दा स–साना राता बिमिराहरु शरीरका कापहरु जहाँ पसिना जम्मा हुन्छन्, त्यहाँ यी समस्या देखिने हुन्छन् । छाला पनि चिलाउँछ ।
रोकथाम तथा उपचार
– चिसो पानीले नुहाउने
– पातलो र खुकुलो सुतीको लुगा लगाउने
३. डण्डीफोर
ज्यादा गर्मी र हुयुमिडिटीले मरेका छालाका कोषिकाहरु र तेलहरुले छालाका सुक्ष्म प्वालहरु बन्द गरिदिन्छन्, जसले कोमिडोनहरु डण्डिफोर उब्जाउँछ ।
रोकथाम तथा उपचार
डण्डिफोरको लागि प्रयोग हुने औषधीहरु डाक्टरको सल्लाहअनुसार प्रयोग गर्ने ।
४. ढुसी
यो एक प्रकारको एकदमै सामान्य छालाको रोग हो, जुन गर्मी महिनामा देखा पर्छ । ढुसी ओसिएको वातावरण र शरीरका कापहरु जहाँ हावाको सञ्चार राम्रो हुँदैन, जस्तै छालामा टिपिक्क टाँसिएका लुगा लगाएमा ।
रोकथाम तथा उपचार
– सफा पानीमा दिनदिनै नुहाउने
– सफा लुगा लगाउने
– सुतीको खुकुलो लुगा लगाउने
– पसिनाबाट जोगिने
– परेको समयमा डाक्टरको सल्लाहअनुसार औषधी प्रयोग गर्ने
५. किराको टोकाइ
यसले गर्दा गर्मी मौसममा चिलाउने, ससाना राता विविरा आउने गर्छ ।
रोकथाम तथा उपचार
– झुलभित्र सुत्ने बानी बसाल्नु पर्छ
– राति बत्ति बालेर सुत्नुु हुँदैन
– सफा, पातलो, सुतीको पूरा शरीर ढाक्ने लुगाहरु प्रयोग गर्नुपर्छ ।

(प्रा.डा सुधा अग्रवाल बिपी कोइराला स्वा

स्थ्य बिज्ञान प्रतिष्ठानको छाला तथा यौन रोग बिभागको बिभागिय प्रमुख हुन ।)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१