ताप्लेजुङमा अलैंची उत्पादनमा वृद्धि, मूल्य घट्दा किसान मारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७४, सोमबार ०६:०२

ताप्लेजुङ ।  मूल्यमा आएको उतारचढावले ताप्लेजुङका अलैंची किसान तथा व्यवसायीलाई परेको मारको केहिहद सम्मको मलहम पट्टी उत्पादनमा भएको वृद्धिले गरिदिएको छ।

यो वर्ष ताप्लेजुङमा अघिल्लो वर्ष भन्दा ४ सय मेट्रिकटन बढी अलैंची उत्पादन भएको छ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार ४ हजार २ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिदै आएको छ।

नेपालमा उत्पादन हुने मध्ये ३० देखि ४० प्रतिशत उत्पादन अलैंचीको उत्पादन ताप्लेजुङ एक्लैले गर्दै आएको छ। यहाँ १ हजार २ सय मिटर देखि १ हजार ८ सय मिटर सम्मको उचाईमा हुने रामसाई जातको अलैंची खेती सबैभन्दा बढी लगाइएको छ। त्यसपछि १ हजार मिटर देखि १ हजार ५ सय मिटर सम्मको उचाईमा उत्पादन योग्य मानिएको गोलसाई जातलाई किसानले महत्व दिएका छन्।

उत्पादन वृद्धि भएको अलैंचीको मूल्यले भने यस वर्ष किसान तथा व्यवसायी दुवैलाई मारमा पारेको छ। मुल्यमा देखिएको उतारचढावले किसान–व्यवसायी दुवैलाई छक्याएको हो। माघ पहिलो साता प्रतिमन ९किलोग्राम० को ५० हजार रुपैैयाँ सम्म पुगेको अलैंचीको भाउ चैत दोस्रो साता आइपुग्दा प्रतिमन ३० हजारमा झरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१