‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०७४, आईतवार १५:२७

काठमाडौं । विश्वप्रसिद्ध धार्मिक स्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूमा ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन हुने भएको छ ।

काठमाडौं महानगरपालिका र वल्र्ड लिंक कम्युनिकेशन प्रा.लि।बीच विश्वप्रसिद्ध धार्मिकस्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूलगायतका काठमाडौं महानगरपालिका भित्रका ६ वटा मुख्य स्थानहरुमा ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन गर्ने समझदारी भएको हो ।

आईतबार सुन्धरास्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रालिका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गर्नु भएको समझदारी पत्रमा बसन्तपुर हनुमानढोका दरबार क्षेत्र, शंखपार्क र बालाजु बाईसधारा उद्यानमा पनि ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन गर्ने उल्लेख गरिएको छ ।

समझदारी गरिएको ६० दिन भित्र ६ वटै स्थानमा सेवा संचालन गर्नुपर्ने सर्त समेत राखिएको छ । काठमाडौंलाई फ्रि वाईफाई जोन बनाउने प्रतिवद्धता अनुसार मुख्यमुख्य ६ वटा स्थानमा फ्रि वाईफाई सेवा संचालन गर्न लागिएको महानगरपालिकाका मेयर शाक्यले बताए ।

उनले सूचना प्रविधिलाई दुरुपयोग हुन नदिन पनि काठमाडौं महानगरपालिका सचेत रहेको स्पष्ट पारेका छन् ।

वल्र्ड लिंक कम्युनिकेशन प्रालिका निर्देशक जलानले गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले विश्वकै पर्यटक स्थलहरुमा इन्टरनेट सेवा संचालन गर्ने अवसर प्राप्त भएको भन्दै खुसी पनि व्यक्त गरे ।

९० दिन पनि तोकिएको स्थानमा वाईफाई इन्टरनेट सेवा संचालनमा नआए सो सम्झदारी स्वतः खारेज हुने प्रावधान पनि राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०