गर्मीमा घामवाट बच्ने उपायहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०७४, आईतवार ०५:१९

गर्मीमा धेरै समय सम्म नबस्ने । बाहिर निस्कनु भन्दा आधा घण्टा अगाडी सन्स स्किन लगाउने । प्रत्येक २,२ घण्टामा रिप्लाई गर्ने । बाहिर निस्कदाँ साथमा सनस्किन, सनग्लास र स्काफ्र साथमा लिएर हिड्ने । हात खुटामा पनि सनब्लक लगाउने । मोइस्चराइजर प्रयोग गर्ने हो भने वाटर बेस भएको प्रयोग गर्ने । सधैं साथमा छाता लिएर हिड्ने । पानी बढी मात्रामा पिउने । फलफूल , दही, जुस बढि प्रयोगमा ल्याउने । तरकारीमा हरियो साग सब्जी बढि खाने ।

फेशियल, क्लिनजिंग, मेनिक्येर, पेडिकेयरलाई आफ्नो रुटिनमा समावेश गर्ने । फेसियल गर्दा नेचुरल तथा हर्बल फेशियल गर्ने । गर्मी मौसममा हप्ताको दुइृ पटक फलफूलको गुदिलाई १५ मिनेट लगाउने र सफा पानीले धुने । यसो गर्नाले अनुहारमा चमक आउनुको साथ साथै सुख्खा हुन दिंदैन । साथै शितलताको अनुभव गराउँछ । यदि स्किन सन बर्न भएमा हप्ताको एकपटक चन्दन पाउडर र काँचो दुध मिक्स गरी १५ मिनेत प्याक बनाएर लगाउने । यदि घामवाट पिग्मेन्टेसन भएको छ भने दही वा दुध र बेसन मिक्स गरि लेप लगाउने । काँचो, मेवाको गुदि लगाउने । कात्रोको जुस, बन्दाकोभिको रस लगाउने ।

यदि छाला एकदम चिल्लोपना छ भने अमिलो फलफूलको रस लगाइदिने ।चिल्लो अनुहारमा जेल बेसको फेस वासले मुख धोइृ मुलटानी माटो र दुध मिक्स गरि लेप लगाउने । साथै गर्मीमा हरेक दिन माइल्ड स्क्रब गर्नुपर्छ । गमीृको समयमा बढि स्विमिंग जाने गर्छन् । त्यसैले स्विमिंग जानु भन्दा अधि सन प्रोटेक्ट क्रिम लगाउने । स्विमिंग पछि क्लिनजिंग गर्ने नबिर्सने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१