फिल्मी उद्योगमा पढेका बलिउड कलाकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०७४, बुधबार ०५:३३

मुम्बर्इ ।  फिल्मी उद्योगमा पढाईलाई त्यति महत्व दिइँदैन्। यदि कलामा पोख्त छ भने कामका लागि पढाईको आवश्यकता पर्दैन्। तर बलिउडमा केही यस्ता कलाकार छन जो पढेर, डिग्री पास गरेर फिल्म उद्योगमा आएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभ बच्चनदेखि परणिती चोपडासम्म यसका उदाहरण हुन् जसले पढेर फिल्म उद्योगमा करियर सुरु गरे।

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले नैनीतालको शेरबुड कलेजबाट स्नातक गरेका छन्। त्यसपछि दिल्ली युनिभर्सिटीको किरोडिमल कलेजबाट आर्टस् र साइन्स पढेर पास गरे।

पछिल्लो पुस्ताका युवा अभिनेता आर माधवनले इलेक्टोनिक्समा स्तानक गर्दै डिग्री लिएका छन्। पढाई सकाएलगत्तै महाराष्ट्रमा बेष्ट एनसीसी क्याडेटका लागि छानिएका माधव स्थल र वायु विंगमा तालिम लिन इंग्ल्याण्ड गएका थिए। त्यसपछि उनले फिल्मी करियरका लागि संघर्ष गरे। उनी ‘रहना है तेरो दिल मे’बाट बलिउडमा चिनिए।

पछिल्लो समय विकनी र हट पोशाकलाई लिएर चर्चामा रहने अभिनेत्री अमीषा पटेल पनि पढेकी कलाकार हुन्। उनी इकोनोमिक्समा गोल्ड मेडलिष्ट हुन भने बायोजेनेटिक इन्जिनियरिङमा पनि डिग्री गरेकी छन्।

बलिउडका चक्लेटी अभिनेता बरुण धवनले लण्डनको ट्रेण्ट युनिभर्सिटीबाट बिजनेश म्यानेजमेन्टमा डिग्री गरेका छन्।
बलिउडका हेण्डसम हिरो जोन अब्राहम पनि पढेका अभिनेता हुन्। इकोनोमिक्समा डिग्री गरेका जोनले एमबीए पनि गरेका छन्।

अभिनेत्री प्रिती जिन्टा कलाकरितामा खासै सफल नभएपनि पढार्इमा भने अब्बल छिन। उनले अंग्रेजीमा ग्राजुएशन गरेकी छन भने साइकोलोजीमा मास्टर डग्री पढेकी छिन्।

फिल्ममा खासै चल्न नसकेकी परिणती चोपडा पनि पढार्इमा अगाडि छिन्। उनले बिजनेस, फाइनान्स र इकोनोमिक्समा डिग्री गरेकी छन्। प्रियंका चोपडाकी बहिनी समेत रहेकी उनले लण्डनके म्यानचेस्टर बिजनेस स्कूलबाट यी विषयमा डिग्री गरेकी हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१