संघर्षले सफल आचार्य

यमलोक र रद्दीको टोकरी शीर्षकमा हास्यव्यंग्य अडियो क्यासेट सार्वजनिक भएपछि नेपालीहरूले मनोरञ्जनको माध्यमका रूपमा ती क्यासेट सुन्न थाले । त्यतिबेला उनीहरू मनोरञ्जनलाई पहिलो प्राथमिकता दिएर राजनीतिप्रति तीतो व्यंग्य गर्थे । मह जोडीको यो काम नेपालीहरूले रुचाउँदै गए ।
सुरुवाती पाइला र एकपछि अर्को सफलता हरिवंश आचार्यको करिअर स्टेजबाट प्रारम्भ भएको हो । मदनकृष्ण श्रेष्ठसँगको सहकार्यमा महका रूपमा स्टेजसँगै अडियो क्यासेटसमेत प्रकाशन हुन थाले । त्यति बेला हुनेखानेहरूको घरमा मात्र क्यासेट प्लेयर हुन्थ्यो ।

यमलोक र रद्दीको टोकरी शीर्षकमा हास्यव्यंग्य अडियो क्यासेट सार्वजनिक भएपछि नेपालीहरूले मनोरञ्जनको माध्यमका रूपमा ती क्यासेट सुन्न थाले । त्यतिबेला उनीहरू मनोरञ्जनलाई पहिलो प्राथमिकता दिएर राजनीतिप्रति तीतो व्यंग्य गर्थे ।

मह जोडीको यो काम नेपालीहरूले रुचाउँदै गए । पञ्चायतविरुद्ध उनीहरूको तीतो व्यंगले गर्दा राजनीति पार्टीहरूले यिनीहरू हाम्रो मान्छे हुन् भनेर ठूलाठूला कार्यक्रममा बोलाउन थाले जसले गर्दा उनीहरूको प्रोफाइल अझ माथि उठ्दै गयो । त्यसपछि उनीहरूलाई सामाजिक उद्देश्यले प्रेरित फन्ड राइजिङ कार्यक्रमहरूमा समेत बोलाउन थालियो । यसबाट मह जोडी सामाजिक क्षेत्रसँग पनि जोडिए । २०६२–२०६३ को जनआन्दोलनमा मह फाउन्डर सदस्य रहेको मोडल हस्पिटलमा घाइतेहरूका लागि कोष स्थापना गरी २ करोड ५० लाख जम्मा गरियो । यसरी आन्दोलनका घाइतेहरूलाई उपचार गराएर उनीहरू धेरैको आँखाको नानी बन्न पुगे भने धेरैले हरिवंशलाई आदर्श पात्रका रूपमा लिन थाले ।

हरिवंशको अभिनय तथा व्यंग्य हरेक उमेरका मानिसले उत्तिकै रुचाउँछन् । आचार्यका अनुसार व्यंग्य गर्दा पनि चित्त नदुख्ने हाँसो उठ्नुपर्छ । उनको व्यंग्य त्यस्तै हुन्छ । आचार्य हास्यव्यंग्यलाई जतन गर्दै आक्रोश व्यक्त नगरी प्रस्तुत हुन्छन् । उनी अहिले तिलगंगा आँखा अस्पतालको संस्थापक सदस्यका साथै तिलगंगा आँखा दानका सद्भावना दूतसमेत हुन् । आचार्य मरणोपरान्त छालादान अभियानमा समेत सहभागी छन् । आचार्यले कलाकारिताका साथमा जनताको हित एवं जनचेतना अभिवृद्धिको क्षेत्रमा समेत काम गर्दै आएका छन् ।

नामसँगै अनुशासन पनि

जति नाम कमायो मानिस उति नै अनुशासित हुनुपर्नेआचार्य बताउँछन् । मानिस पब्लिकको भएपछि सेल्फ डिसिप्लेनमा बस्नुपर्ने हुन्छ । यस्तो स्थितिमा खाँदा, लगाउँदा तथा हिँड्दा पनि विशेष ध्यान पुर्‍याउनुपर्ने उनको धारणा छ ।

फिट रहन

हरिवंश हरेक दिन व्यायाम गर्छन् । त्यस क्रममा उनी १ घन्टा योग तथा वाक गर्नुका साथै ट्रेडमिलमा समेत दगुर्छन् । उनी अहिले थोरै मात्र खान्छन् । उच्च रक्तचापबाहेक अरू कुनै रोग नभएका आचार्य खानपानमा निकै सचेत छन् ।

जीवनसाथी गुमाएपछि दोस्रो विवाह

जीवनसाथी गुमाएपछि एक्लै बसेका भए हरिवंश सायदै यसरी सक्रिय हुनसक्थे । उनले आफ्नो जस्तै पीडा भएकी रमिलासँग छोराहरूकै आग्रहमा विवाह गरे । हाम्रोजस्तो समाजका एकल महिलाले मुखले नभने पनि उनीहरूमा कसैको साथ पाए हुन्थ्यो भन्ने सोच पुरुषमा जस्तै हुन्छ । हरिवंशले एकै खालको पीडा भोगेकी महिलासँग विवाह गरेपछि धेरैले त्यसलाई सकारात्मक रूपमा लिए । अहिले रमिलाले नै उनलाई सम्हालिरहेकी छिन् ।

धेरै थरिका प्रशंसक

उनलाई जता गए पनि देखेर चिच्याउने, अँगालो मार्ने तथा अचम्म मान्ने प्रशंसकहरू फेला पर्छन् । त्यस्तै एकजना प्रशंसकको सम्झना आचार्यको मानसपटलमा अझै ताजा छ । दुई वर्षअघि ती प्रशंसक हरिवंश विराटनगर आउँदैछन् भनेर बिहानैदेखि उनी बस्ने होटलमा कुरिरहेका थिए । बेलुका उनी उक्त होटलमा पुग्दा ती प्रशंसक एकदमै रोए । ती प्रशंसक तपाईं भगवान्जस्तै लाग्नुहुन्छ भन्दै निरन्तर रोइरहेका थिए । उनले हरिवंशका लागि एउटा आर्ट पनि लिएर आएका थिए जुन अहिले हरिवंशको बेडरुममा टाँगिएको छ । नारि

बुधबार, चैत्र १४, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री