कैलाश हेलिकप्टर शनिबारबाट व्यावसायिक उडान सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७४, शनिबार ०५:११

काठमाडौं। कैलाश हेलिकप्टर सर्भिसेजले वायुयान सञ्चालन अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई शुक्रबार अनुमति प्रदान गरेको हो।

अनुमति पाएसँगै कम्पनीले शनिबारबाट नै व्यावसायिक उडान सुरु गर्ने भएको छ। फ्रान्समा बनेको एयरबस कम्पनीको हेकिप्टर कम्पनीले नेपाल ल्याइसकेको छ। यही विमानबाट उडान सुरु गर्रे कम्पनीका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले जानकारी दिएका छन्।

यो हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ। यस्तै भविष्यमा नेपाली आकाशमा अर्को एक जहाज थप गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिने यस कैलाश हेलिकप्टर सर्भिसेजको प्रवद्र्धका दुई दशक भन्दा लामो अनुभव रहेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगीलगायतको लगानी रहेको छ।

सेवा सुरुवातसँगै नेपालको पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा योगदान दिन सकिने विश्वास कम्पनीले लिएको छ। बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्‍याउने, कर्पोरेट फ्लाइट, ह्युमनरकार्गो स्लीङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन, फिल्मिङ, स्काइ डाइभिङ, प्राकृतिक प्रकोप उद्दारलगायतका सेवा दिइने कम्पनीले उल्लेख गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०