यसरि टुटेको थियो शाहिद र करिनाको प्रेम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७४, शुक्रबार ०५:३६

बलिउड अभिनेता शाहिद कपुरले हालै एक टिभी शोमा एक युवतीले आफुलाई धोका दिएको टिप्पणी गरे । तर, युवतिको नाम भन्न चाहेनन् ।

उनले संकेतको गरेको महिला थिइन् पूर्वप्रेमिका करिना कपुर । मिरासँग विवाह गर्नुअघि शाहिद र करिना रिलेसनसीपमा थिए । उनीहरुको अफेयर तीन वर्ष चलेको थियो ।

शाहिद(करिनाको अफेयर हिन्दी चलचित्र ‘फिदा’ को सुटिङको क्रममा सुरु भएको थियो । शाहिदलाई देखेपछि करिना यति उत्साहित भएकी थिइन् कि उनी स्वयम्ले शाहिदलाई प्रेम प्रस्ताव राखेकी थिइन् ।

केही वर्ष पहिला दिएको एक अन्तरर्वातामा पनि करिनाले शाहिदलाई प्रस्ताव राखेको स्वीकारेकी थिइन् । उनले भनेकी थिइन्, ‘केही दिनको फोन र म्यासेजपछि शाहिदले प्रेम प्रस्ताव स्वीकारेका थिए ।

तर, चलचित्र ‘जब वी मेट’मा काम गर्दा उनीहरुको सम्बन्ध खराब भयो । फिल्मको सुटिङ सुरु गर्दासम्म उनीहरुको सम्बन्ध राम्रै थियो । सुटिङको अन्त्यतिर आउदा सम्बन्ध पुरै बिगियो । उनीहरुले ३६ चाइना टाउन, चुप चुपके र जब वी मेटमा सँगै काम गरे । ब्रेकअपपछि पनि सन २०१० मा मिलेंगे मिलेंगेमा काम गरेका थिए ।

अमृता रावको कारण टुटेको सम्बन्ध

केही भारतीय मिडियाले शाहिद(करिनाको सम्बन्ध बिग्रनुमा अमृता रावको हात रहेको उल्लेख गरेका छन् । चलचित्र ‘विवाह’को सुटिङको क्रममा शाहिद र अमृता नजिकिएपछि करिना शाहिदसँग रिसाएकी थिइन् ।

सन २००७ मा शाहिद कपुरसँग सम्बन्ध बिग्रेपछि करिना सैफ अलि खानसँग नजिकिन पुगिन् । चलचित्र ‘ओमकारा’मा सँगै सुटिङ गरेपछि उनीहरु नजिकिएका थिए । त्यसपछि करिना सेफले यशराज ब्यानरको ‘टशन’मा काम गरे । यही समयमा उनीहरु सुटिङ नभएको बेला लङ ड्राइभिङ जान्थे । पाँच वर्ष रिलेसनसीपमा रहेका उनीहरुले सन् २०१२ मा विवाह गरे ।

करिनासँग टाढिए लगत्तै शाहिदले आफ्नो करिअर अगाडि बढाएका थिए । शाहिदले २०१५ मा मुम्बइकी मिरा राजपुतसँग विवाह गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१