कस्ता छन् मकै खाँदाका फाइदा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७४, बुधबार ०५:३९

अहिले मकैको मौसम हो । सडक, बाटो , गल्ली जताततै मानिसहरु मकै खाँदै गरेका देखिन्छन् । मकैलाई निकै स्वस्थ आहार मानिन्छ जसलाई ब्रेकफाष्ट, लञ्च वा डिनरका रुपमा पनि खान सकिन्छ । यतिमात्र होईन यसलाई हामीले ब्रत, पूजा आदिमा फलाहारका रुपमा पनि उपभोग गर्दछौं । अझ हाम्रो नेपाली समाजमा भुटेको, पोलेको वा उसिनेको मकै खाजाका रुपमा चिरपरिचित नै छ । मकै तौल घटाउन सहयोगी हुनुका साथै विभिन्न प्रकारका विरामीहरुका लागि पनि लाभदायक हुन्छ ।

मकै खाँदा यसमा पाइने फाइबरका मद्दतले कब्जियतको समस्याबाट निकै नै राहत पाउन सकिन्छ । गुद्धारमा जमेको खाद्य पदार्थलाई बाहिर निकाल्नमा मकै निकै सहयोगी हुन्छ जसबाट कब्जियतको समस्या कम हुन्छ ।
मकै खानु स्वस्थ छालाका लागि पनि फाइदाजनक छ । मकैमा भिटामिन ए तथा सी का एण्टिअक्सिडेण्ट पनि निकै राम्रो मात्रामा पाइन्छ , यसबाट अनुहारमा चाउरी पर्ने समस्यालाई कम हुन्छ ।

आँखाको दृष्टिका लागि बीटा क्यारोटीन तथा भिटामिन ए निकै उपयोगी मानिन्छन् जुन तत्वहरु मकैमा पाइन्छन् । यसले आँखाको समस्यामा कमी ल्याएर दृष्टि क्षमता राम्रो बनाउन मद्दत गर्छ । यसका अतिरिक्त बढ्दो उमेरका कारण हुने रतन्धो तथा मैक्युलर डी जनरेशको सम्भावना पनि कम गराउँछ ।

मकैमा शरीरमा जम्मा भएको अतिरिक्त चिल्लो अर्थात् कोलोस्ट्रेल कम गरेर मुटुका धमनीहरुलाई ब्लक अर्थात् बन्द हुनबाट रोक्छ । यसमा पाइने फाइबरले कोलोस्ट्रेल नियन्त्रण गर्नमा निकै उपयोगी भूमिका खेल्छ ।

आलस्य महशुस हुने वा शरीरमा स्फूर्ती अभाव अनुभव हुनेहरुका लागि मकै खानु निकै राम्रो मानिन्छ किनकि यसमा कार्बोहाइड्र्ेट हुन्छ जसले शरीरमा शक्तिको सञ्चार गर्छ । मकै खाएपछि पेट तुरन्तै भरिन्छ र मानिसले लामो समयसम्म फूर्तिलो अनुभव गर्छ ।

प्रायः गरेर हाड बलियो बनाउन दूध तथा भिटामिन डी खाने गरिन्छ तर मकैमा पाइने जिन्क, फस्फोरस, म्याग्नेशियम तथा आयरनले हाड बलियो बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छन् । साथै यसले हाड दुख्ने समस्यामा पनि यसले सकारात्मक प्रभाव पार्छ ।

मकैमा आइरन पर्याप्त मात्रामा पाइने हुनाले यसले शरीरमा आइरनको कमीलाई हटाउँछ । आइरनको कमीबाट हुने रक्त अल्पताको समस्यालाई हटाउन मकै नियमित खानाले निकै फाइदा पुग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१